कर तिर्नु भन्दा जाने खर्च दोब्बर भएपछि‍‍………

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाका करदाताले आफ्नो व्यवसायको कर भुक्तानि गर्न सहजता कायम नभएको बताएका छन । आन्तरिक राजश्व कार्यालय जुम्लाको आयोजनामा कालीकोटमा सोमबार आयोजित अन्तरक्रिया कार्याक्रमा व्यवसायिहरुले कर कम हुन्छ तर आउन जाने खर्च दोब्बर हुने गरेको गुनासो गरेका छन । कालीकाेटबाट जुम्ला जाँदा अाँउदाकाे खर्च दाेब्बर हुने गरेकाले कालीकाेटमा कर स‌कलन
जिल्ला सदरमुकाम मान्मको हिमचुलि कृषि सहकारी संस्थाको हलमा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा व्यवसायि जिवन शाहीले कर असुल्न मात्र जान्ने तर करदातालाई दिने अभिबृद्धिका बारेमा राज्य कमजोर रहेको बताए ।

होटल व्यवसायि शाहीले करदाता भनेका लैनो भैसी भएकाले लैनो भैसीलाई सोही अनुसारको व्यवस्थापन गरेपछि मात्र दुध दिने भएकाले अहिलको सरकार दुध खाने तर भैसीलाई हरियो घांसको व्यवस्थापन भन्दा वेवास्ता गर्ने गरेको बताए । त्यसै गरी इलोक्टाेनिक व्यवसायि मनिराज पाण्डेले कर तिर्नका लागि सहज पहुंच र प्रविधि संग जोडेर अघि बढ्नु पर्ने बताए । उनले भने अहिलेको जमानामा प्रविधि संगा जोडेर क्यु आर कोडको व्यवस्थापन गर्दै सहज सेवा दिन अनुरोध गरेका छन । कार्यक्रमका अधिकांश व्यवसायिहरुले जिल्लामा कर संकलन केन्द्र स्थापना गर्न जोड दिएका छन ।
सो कार्यक्रममा करका बारेमा आन्तरिक राजश्व कार्यलय जुम्लाका प्रमुख सुब प्रसाद रिजालले नेपाल सरकारले लागु गरेका ऐन तथा मापदण्डले बोलेका कुराको बारेमा जानकारी गराउदै कानुन लागु भएप्छि सोही अनुसार कार्यन्वयन गर्नु आफ्नो कर्तव्य भएको र सोही अनुसार लागु गरेको बताउदै सबैले कर शिक्षाका बारेमा जानकारी लिन आग्रह गरेका छन ।

सो कार्यक्रमका प्रमुख अतिथि कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश नेपालिले सरकारले लागु गरेका ऐन र नितिको बारेमा जानकारी छैन भन्ने बारेमा छुट कसैलाई नहुने भएकाले सबैले करको दायरामा आउनु पर्ने र कर सम्बन्धि विधिको उचित प्रयोग गरी अग्रसर हुनु पर्नेमा जोड दिएका छन ।

कालीकोट उद्योग बाणिज्य संघ र हिमचुलि कृषि सहकारी संस्था लि.को समन्वय तथा सहकार्यमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । आइतबार रास्कोटमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित