लक्ष्मण बमले हटाउने भनिएका कर्मचारी पार्टीको निर्देशनमा होइन — पार्टी अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पलांता गाउँ पालिकाका ३७५ जना कर्मचारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को निर्देशनमा हटाउन लागिएको भन्ने कुरा पार्टीको कुनै पनि निकायमा नभएको खुलेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पलांताका अध्यक्ष विष्णु रोकायाले पार्टीले रोजगारीबाट हटाउने जनविरोधि काम नगर्ने बताउदै थप रोजगारीको सृजना गर्ने वातावारण गर्न आग्रह गर्नु भएको छ । अध्यक्ष रोकायाले पार्टीको निर्देशन विपरित काम गर्ने कर्मचारी हटाउन पार्टीलाई दोष दिनु राम्रो नभएको बताउनु भएको छ ।

यस अघि पलांता सरकार र पार्टीको विचमा भएको असमझदारीलाई हल गर्न पार्टीले विधि प्रक्रिया नपुगाई भर्ति गरिएका कर्मचारीहरुको बारेमा उचित छानविन तथा प्रक्रिया पुगाउनु पर्ने भनिएको तर पालिकामा सबै कर्मचारीहरुलाई पार्टीले सर्कुलर जारी गरेर हटाउने बारेमा कुनै पनि सरकारलाई निर्देशन नदिएको बताउदै पार्टीको निर्देशन मान्ने हो भने आधिकारिक रुपमा ४ सय जना कर्मचारी भर्ना गर्न आधिकारिक निर्देशन दिन्छौ के हिम्मत पलांता सरकारले गर्छ ? विधि प्रक्रिया नपुगाई आफै राख्ने तर अहिले आफैलाई गलपासो भएपछि कर्मचारी हटाउने पार्टीलाई दोष लगाउनु भनेको गोयवल्स शैलिमा प्रचार गरेर भ्रम नछर्न गाउँ पालिका अध्यक्ष लक्ष्मण बमलाई पार्टीले आग्रह गर्दछ ।

अध्यक्ष रोकायाले अगाडी भन्नु भयो यस बारेमा जिल्ला पार्टीमा हामीले कुरा राखेका छौं यदि पार्टीलाई दोष दिने र आफै गाउँ पालिका अध्यक्ष मनपरि गर्ने हो भने हामीले सोच्ने बेला आएको बताउनु भयो । अहिले पलांतामा गठन भएका कार्यादल भनिएकाहरु भारतमा कुल्लिको काम गर्छन २ ४ जना आसेपासेहरु साथमा राखेर कार्यदलको नाममा मनपरि गर्ने त्यो कहिं नभएको जात्रा हांडिगाउँमा भए झै भएको छ ।

अध्यक्ष रोकायाले भन्नु भयो ४० वर्ष मुनिका युवा भन्ने ६७ वर्षका कार्यदलमा राखेर कर्मचारीको नाम बेच्नु राम्रो नभएको भन्ने हामीले सुझाएका छौ ।  साउन १ गते पलांता सरकारले विभिन्न समयमा नियुक्ति गरेका ३ सय ७५ जनालाई हटाउने घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित