वादि परिवारलाई विश्वखाद्यका कर्मचारीबाट राहत वितरण

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा खाद्य सुरक्षाका क्षेत्रमा काम गर्दै आएको विश्व खाद्य कार्यक्रमका कर्मचारीहरुको सहयोगबाट सदरमुकाम मान्ममा रहेका वादी परिवारलाई खाद्यन्न राहत वितरण गरिएको छ ।

मंगलवार विहान गैरसरकारी संस्था महासंघको समन्वयमा सदरमुकाम मान्ममा रहेका ९ वटा घरपरिवारलाई प्रति घरपरिवारलाई ३० केजि चामल,२ केजि दाल,एक पाकेट तेल,२ केजि नुन र एक वटा हात धुने साबुन वितरण गरिएको बताइएको छ ।

गैरसरकारी महासंघ कालीकोटका अध्यक्षता तथा खांडाचक्र नगरपालिका वडा न. १का वडाध्याक्ष गणेश शाहीको उपस्थितिमा वितरण गरिएको छ । गैरसरकारी संस्था महासंघ कालीकोटका अध्यक्ष विरेन्द्र बुढाले विश्व खाद्यका कर्मचारीहरुले छाक कटाएर लक डाउनका समयमा छाक टार्न मुस्किल भएका बादी परिवारलाई सहयोग गरेकोमा धन्यावाद दिनु भएको छ ।

राहत वितरण गर्दै वडा अध्यक्ष गणेश शाहीले संकटको बेला आफुले पाउने पारिश्रमिकबाट विपन्न परिवारलाई सहयोग गर्नु भएकोमा कर्मचारीहरुलाई धन्यावद दिनु भएको छ । यस अघि विभिन्न सरकारी तथा गैरसरकारी निकाय लगाएत व्यक्तिगत रुपमा वादी समुदायलाई सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित