वालविकासको क्षेत्रमा रास्कोट नगरपालिका उदाहरणिय बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकामा वालविकासको क्षेत्रमा नमुना काम भएको बताइएको छ । नगरपालिकाका वालवालिकाहरुका लागि रास्कोट नगरपालिकाले बालमैत्रि वातावरणमा पढाई,खेलमैदान तथा बसाई व्यवस्थापनका साथै धारा,सौचालय लगाएतका क्रियाकलापहरुमा सहजता आउने गरी वालविकास प्रबद्धन गरिएको छ ।

पछिल्लो समयमा नगरपालिकाले स्विकृति दिएका र पहिले देखि संचालनमा भएका वालविकास केन्द्रहरुमा स्वस्थ्य उपचार सहितको व्यवस्थापन गरीएको बताइएको छ । संघिय सरकारका अनुदानमा २१ वटा र नगरपालिकाको अनुदानमा २0 वटा गरी ४१ वटा वालविकास केन्द्र रहेको बताइएको छ । एकिकृत सर्वाङ्गिण विकासका लागि वालशिक्षकलाई वालमनोबैज्ञानिक तालिम र अभिभावक शिक्षा संचालन समेत गरिएको बताइएको छ । त्यसै गरी रास्कोट नगरपालिकाले प्रत्येक वडाहरुमा नमुना बालविकास केन्द्र बनाउने समेत योजना बनाएको बताइएको छ ।

वालविकासका क्षेत्रमा सेतो गुंरासका कार्यक्रमका जिल्ला संयोजक हुकुम शाहीले रास्कोटका प्रत्येक वालविकास केन्द्रहरुमा खेल समाग्रिहरुका साथै चिप्लेटि,आरम कक्ष,अभिभावक परामर्श कक्ष सहतिको व्यवस्थापन गरिएको बताएका छन । उनका अनुसार घर बलियो हुन जग बलियो हुनु पर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै वालविकासका लागि पहिलो आवश्यक्ता अनुसार अघि बढेको बताइएको छ ।

अहिले रास्कोट नगरपालिकाको बालुखेतमा रहेको समुदायमा आधारित नवज्योति वालविकास केन्द्रको मापदण्डमा आधारित नमुना वालविकास केन्द्र रहेको छ भने विद्यालयमा आधारित विजयपुर वालविकास केन्द्र पनि नमुना रहेको छ । त्यसमा स्वस्थ्य उपचार सहितको व्यवस्थापन रहेको बताइएको छ ।

रास्कोट नगर शिक्षा श्रोत व्यक्ति महाप्रसाद बरालले यस आर्थिक वर्षमा २ वटा थप नमुना वालविकास केन्द्र बनाउने बताएका छन । उनका अनुसार प्रत्येक वालविकास केन्द्रमा रहेका प्रत्येक वालवालिकाहरुलाई प्रति विद्यार्थि ५०० का दरले रकम दिनुका साथै वाल शिक्षक सहयोगि कार्यक्रताहरुलाई नगरपालिकाले मासिक एक हजार तलव थप गरिएको बताइएको छ ।
ग्रामिण क्षेत्रमा युनिसेफ नेपालको सहयोग,नेपाल सरकारको समन्वयमा सेतोगुंरांस वालिकाको सहजिकरण तथा संचार मिडिया उज्यालो नेटवर्क संगको साझेदारीमा अहिले संचालनमा आएको छ । ग्रामिण क्षेत्रका वालवालिकाहरुलाई घरायासि तथा कृषि संग क्रियाकलापहरु सिकाउने र सहभागि विद्यार्थिहरुले सिक्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित