रास्कोटमा स्वस्थ्य इकाइ र वडा कार्यालयको भवन उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । राष्कोट नगरपालिका वडा न ७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र को भवन उद्घमटा गरिएको छ । रास्केट नगरपालिका उपप्रमुख मिमसरा शाहीको उपस्थितिमा उक्त भवन निर्माण कार्य सम्पन्न भएपछि एक कार्यक्रम का बिच राष्कोट नगरपालिकाको वडा न. ७को वडा कार्यलय र आधारभुत स्वास्थ्य इकाइ केन्द्रको सयुक्त रुपमा उद्घाटन गरिएको हो ।

यस अघि भाडाको घरमा स्वस्थ्य इकाइ संचालन गर्दै आएको भएपनि स्वस्थ्य इकाई भवन निर्माण गरिएपछि आज औपचारिक रुपमा स्वस्थ्य इकाइ भवनबाट स्वस्थ्य सेवा दिन शुरु भएको छ । त्यसै गरी वडा कार्यालय समेत सोही स्वस्थ्य इकाइ भवनमा रहने वडा न. ७का वडाअध्यक्ष टक्क फर्सालले बताउनु भएको छ ।

उक्त कार्यक्रममा उपप्रमुख शाहीले नगरपालिकाका सम्पूर्ण समुदायहरुलाई स्वस्थ्यको पहुंचमा ल्याउन प्रत्येक टोल वस्तिमा स्वस्थ्य इकाइ भवन संचालन गरी सहज ढंगले सेवा दिन लागि परेको बताउनु भएको छ । रास्कोट नगरपालिकाले १५ सैयाको अस्पतालको लागि समेत प्रक्रिया अघि बढाएको छ ।

स्वस्थ्य इकाइ भवन उद्घाटनमा स्वस्थ्य संयोजक,जनप्रतिनिधि तथा समुदायको बाक्लो उपस्थिति रहेको बताइएको छ । उक्त भवन निर्माणको जिम्मा प्रमिला निर्माण सेवाले लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित