कालीकोटमा पशुपालनमा आकर्षण घट्दो

7
SHARES
15
VIEWS

कालीकोट । कुनै वेला कालीकोटका ग्रामिण क्षेत्रमा कृषकहरुको प्रमुख व्यवसायको रुपमा रहेको पशुपालन व्यवसाय एक पछि अर्काे रुपमा घट्न थालेको छ ।
जिल्लाको सबै भन्दा बढि भैसि,गाई र भेडा बाख्रा पालन गर्ने हालको नरहरिनाथ गाँउपालिकाको लोखाडा क्षेत्रमा पछिल्लो समय भैसि पालन भने आधा भन्दा बढि घटेको छ । पहिले एकाघरमा तिन देखि सात वटा जति भैसि पालन हुने गरेको भएपनि अहिले भने एक घरमा एक भैसि पालन गरेको भेटिन पनि कठिन हुने गरेको छ ।
लामो समयमा कृषि पेशामा सक्रिय भएर ६० वसन्त पार गरेकी सकुन्तला बटालाले भन्नु भयो तत्कालिन समयमा विवाह गर्ने उमेरमा पोईलि घर जांदा को समयमा आफुले चार वटा भैसिलाई घांस व्यवस्थापनका लागि मेला पात गरेको स्मरण गर्दै भन्नु भयो अहिले एक भैसि पाल्न नसकेर विक्रि गर्नु परेको बताउनु भयो । आफुहरुको जवानि अवस्थामा दिनमा मेला पात जाने र राति अवेर सम्म उन कात्ने, कपडाका लागि कपास बनाउने काम गरेर नथाक्ने हुन्थ्यो भने अहिले त्यसको ठिक उल्टो भएको छ । के जमाना आयो आफुलाई पट्यार लाग्न थालेको सकुन्तलाको भनाई रहेको छ ।
अहिलेका छा छोरी(छोरा छोरी)हरु खानलाई दहि मोही चाहिने तर भैसि पालन गर्ने भने नमान्ने गरेकोमा परनिर्भरता निम्तिएकोमा वहां चिन्तित हुनुहन्छ । कमाई गरेर आफु र घरपरिवार पालन पोषण गर्ने अवस्थामा अर्काको भरमा बांच्ने प्रवृति राम्रो नभएको बताउनु भयो । यस लोखाडा क्षेत्र हालको नरहरिनाथ गाउँपालिकाका लालु,माल्कोट, रुप्सा, कुमालगाउ र कोटवाडामा तिन दशक अघि अधिकांसको घरमा दुई देखि बढि भैसि हुने गरेको तर पछिल्लो समयमा भने भैसि पालन भन्दा एका घरमा एक हाल गोरु र एक गाई पाल्न पनि धौ धौ हुने गरेको स्थानियहरु बताउछन ।
भैसि पालन मात्र होईन यस क्षेत्रमा भेडा बाख्रा पालन पनि त्यतिकै संख्यामा घटेको बताइएको छ । भेडापालनमा लामो समय अनुभव भएका रुप्साका मान बहादुर सहकारीले आफुले पहिले भेडा पालन गरेको तर विचमा अन्य व्यवसायमा लागे तर भेडापालन नै प्रमुख व्यवसाय भएकाले फेरी अहिले भेडा पालन गर्दै आएको बताउनु हुन्छ ।
पहिले भेडा पालन गरियो मुल्य पाईएन अहिले भेडा पालन गर्नेको कमि छ तर मुल्य उच्च भएकाले विदेशमा गएर पसिना चुहाएर उचित ज्याला नपाउनने अवस्थामा बैदेशिक रोजगारको भन्दा दोव्वर कमाई आफुले घरमा गरेको सहकारीले बताउनु भयो ।

एक समयमा भेडाबाट उत्पादन हुने उन र भेडा विक्रिले वार्षिक चार लाख बढिको आम्दानि हुने गर्छ विदेशमा जानेहरु पनि त्यो भन्दा बढि कमाई गर्न कठिन हुने गरेको छ । गाउँमा साहुको कर्जा निकालेर विदेश गएर साहुको कर्जाका लागि जानु वेकार भएको मान बहादुरको भनाई रहेको छ ।
त्यस क्षेत्रका युवाहरु अध्ययनका लागि जिल्ला बाहिर जाने गरेको तर वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा भने कमै गएको नरहरिनाथा गाँउपालिकाका प्रवक्ता गगन बहादुर फडेराले बताउनु भएको छ । वहांले भन्नु भयो आफुहरुले युवाका क्षेत्रमा स्वदेशमा केही गर्नेहरुका लागि गाउँपालिकाले केही गर्न खोजेको समेत बताउनु हुन्छ । अबका युवाहरुका लागि विदेशमा हैन यहिं केही गरेर नमुना काम देखाउने खालको व्यवसाय गर्नु पर्ने वहांको जोड रहेको छ ।
पशुपालनमा किन चासो घट्न थालेको सन्दर्भमा नरहरिनाथ गाउँ पालिकाले पशुपालनको लागि विशेष योजना बनाई अघि बढेको जनाएको छ । कृषि र पशुपालनमा कृषकहरुलाई प्रदेश सरकार र गाउँ पालिकाबाट प्रोत्साहनका कार्यक्रम लागु गरेको बताइएको छ ।
जिल्लामा पछिल्लो समयमा व्यवसायिक रुपमा बजार आसपासका क्षेत्र(जितेगडा, लालिघाट, मान्म, शान्तिघाट, पिलि,नाग्मका) कृषकहरुले विशुद्ध रुपमा व्यवसाय भएपनि ग्रामिण क्षेत्रमा भने तत्काल उत्पादन नभएकाले पशुपालन आफुहरुका लागि मात्र हुने गरेको कृषकहरुले बताएका छन । रुप्साका रजना सहकारीले समुहबाट किस्तामा कर्जा लिने तर महिनामा दुध दहि विक्रि गर्ने बजार नभएकाले पशुपालनमा कमि हुन थालेको बताउनु भएको छ ।
कृषिमा पछिल्लो समयमा विदेश गएका युवाहरुले ग्रामिण क्षेत्रमा बोईलर कुखुरा पालन,बंगुर पालन लगाएतका क्षेत्रमा युवाहरुको आकर्षण बढ्न थालेको छ । कृषिमा राम्रो काम गरेकाले युवा उद्यमीहरुलाई जिल्ला कृषि विकास कार्यालय कालीकोटले उद्यमी तथा अगुवा कृषकहरुलाई सम्मान गर्दै आएको छ । वर्षनि मुख्यमन्त्रि कृषक प्रोत्साहन अन्तरगत सम्मान हुंदै आएका छन । यस आर्थिक वर्ष २०७६।०७७मा कालीकोटमा २ दर्जन कृषकहरु सम्मानित भएका छन ।
कर्नालि प्रदेश सरकारले आर्थिक वर्ष २०७५।०७६मा त्यस क्षेत्रमा भैसिपालनका लागि अनुदानको व्यवस्था गरेको थियो भने आर्थिक वर्ष २०७६।०७७मा जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकोट मार्फत डेरी उद्योग संचालनका लागि नरहरिनाथको खुलालुमा छनोट गरिएको पशु अस्पताल तथा जिल्ला पशु सेवा कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित