पुल नहुंदा आवत जावतमा कठिनाई

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको रास्कोट नगरपालिका र पचालझरना जोड्ने पुल खोलाले बगाएपछि आवत जावतमा कठिनाई भएको छ ।

फुगाढखोलाले बगाएको बेलि वृज र झोलुंगे पुल बगाएको एक हप्ता विति सक्दा पनि बनाउनका लागि पहल नभएपछि आवतजावतमा कठिनाइ भएको हो । पचालझरना र पलांता हुदै छिमेकी जिल्ला बाजुरा र मुगुमा जाने उक्त बाटोको  फुगाढ खोलामा निरन्तर पानिको वाहब बढ्न थाले पछि आवत जावतमा कठिनाई भएको हो ।

अहिले आवतजावत गर्नका लागि तुईन बनाएर जानु पर्ने अवस्था आएको स्थानियले बताएका छन । पलांता बाट सदरमुकाम मान्म आउने क्रममा  स्थानिय दन्त तिरुवाले दुःखका बाबजुद आफुले कठिन मोलेर सदरमुकाम पुगेको बताउनु भएको छ । त्यसै गरी सदरमुकाम मान्मबाट पचालझरना जादै गरेकी पचालझरना ३ निवासि सुरिन्द्रा कठायतले तुइन बनाएर खोला तरेको र उक्त तुइनमा तार्ने व्यक्तिलाई रु १ सय शुल्क तिर्नु परेको बताएकी छन ।

कर्नालि करिडोरको जिम्मा लिएको नेपालि सेनाले कामको थालनि गर्न लागेको बताइएको छ । यस अघि पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाले नेपालि सेना संग समन्वय गरी सडकको मर्मत सम्भार गर्ने बताउनु भएको थियो । लगातारको वर्षाका कारण बाढिपहिरो जाने क्रम बढेकाले काम गर्न असहज हुन थालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित