बाढिपिडितलाइ राहत वितरण गर्न पल शाह कालीकोट आउने

7
SHARES
15
VIEWS

काठमाडौं । पछिल्लो समय बाढिपहिरोबाट ज्यादै क्षति पुगाएको कालीकोट जिल्लामा नायक पल शाहले ४० घरपरिवारलाई राहत वितरण गर्न आउनु हुने् भएको छ ।

बाढी पहिरोका कारण ठूलो क्षति भएको ठाउँहरु मध्येको एक हो कालिकोट। जहाँ धेरैजनाको बास स्थान नराम्रोसंग प्रभावित भएको छ। गत साता गएको बाढी पहिरोबाट विस्थापित कालिकोटका ४० घर परिवारलाई राहत वितरण गर्नका लागि नेपाली चलचित्रका चर्चित नायक पल शाह त्यसतर्फ जाने भएका छन् ।

पलले बुधबार बेलुका आफ्नो फेसबुक स्टाटस मार्फत आफुसहितको टिम राहत वितरण गर्न कालिकोटको यात्र तय गरेको जानकारी गराएका हुन् ।

“पल शाह प्रतिस्ठान र हाम्रो टिम नेपाल” संस्थाको संयुक्त सहकार्यमा बाढी पहिरोले प्रभावित कालिकोटका ४० घर परिवारलाई सिरक, डसना, खाद्यान्न लगायतको सहयोग गरिने पलले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

कलाकारितासंगै पल पछिल्लो समय सामाजिक कार्यमा पनि निकै सक्रिय देखिन्छन् । उनले लकडाउनको समयमा पनि भोकमरीमा परेका धेरैलाई खाद्यान्न लगायत आर्थिक सहयोग गरेका थिए।

लकडाउनमा म्युजिक भिडियोमा एकदमै व्यस्त उनी केही दिन यता विश्राम लिएका थिए। कोरोना भाइरसको संक्रमण अत्याधिक मात्रामा फैलिएपछि काठमाडौं उपत्यकामा म्युजिक भिडियो, टेलिसिरियल, लगायतका छायांकनमा रोक लगाइएपछि पलले विश्राम लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित