रास्कोटको पहलमा सडक मर्मत पछि यातायात सुचारु

7
SHARES
15
VIEWS

कालीकोट । बाडिपहिरोका कारण अबरुद्ध रास्कोट नगरपालिकाको शान्तिघाट देखि आरसिपि बजार सम्मको सडक मर्मत सम्भार पछि संचालनमा आएको छ ।

रास्कोट नगरपालिकाको डोजर मार्फत तिन दिन सम्म लगातार बाढिपहिरोका कारण सडकमा जम्मा भएको ढुंगामाटो हटाएपछि बुधबार देखि सडक सुचारु भएको रास्कोट नगरपालिकाका प्रवक्ता टक्क फर्सालले बताउनु भएको छ । बाढिपहिरो लगातार आउदै गरेकाले अझै समस्या आउन सक्ने भएकाले नगरपालिकाले डोजर तयारी अवस्थामा राखेको रास्कोट नगरपालिकाले जनाएको छ ।

आरसिपि बजार भन्दा तल सडक मर्मत भएको र अब आरसिपि बजार देखि सेराचौर सम्मको पहिरो हटाउन शुरु गरिने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । नगर प्रमुख बरालले रास्कोट नगरपालिकाको पहलमा चाटेखोला हुंदै सेराचौर सम्मको सडक मर्मतका लागि काम आगाडी बढेको बताउनु भएको छ । रंगिल देखि शान्तिघाट सम्मको सडक मर्मतका लागि नेपालि सेना संग सहकार्य भएर प्रक्रिया अघि बढेको बताउदै रास्कोट नगरपालिका प्रमुख बरालले चांडै सडक मर्मत हुने बताउनु भएको छ ।

रास्कोट नगरपालिकाले सडक सुचारु गरेकोमा स्थानियले खशि व्यक्त गरेका छन । स्थानिय सतल रोकायाले रंगिल देखि रास्कोट सम्म भारी बोकेर खाद्यन्न लगाएतको समान ल्याउनु पर्नेमा शान्तिघाट देखि आरसिपि बजार सम्म सडक संचालनमा आएपछि आफुहरुलाई राहत भएको बताउनु भएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिकाले पनि सडक मर्मतको काम शुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित