यस वर्ष तिजको रमझम घट्यो, घर घरमै मनोरञ्जन गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । देशभर महिलाहरुको तिज पर्व यस वर्ष भने कोरोना कारण जमघट नहुने भएको छ । देशभर सरकारले कोरोनाले गर्दा भेला हुन नदिएपछि घर घरमा स सानो संख्यामा महिलाहरु जमघट भएर मनाइएको छ ।

विगत वर्षहरुमा सदरमुकाममा महंगा गहना लगाएर नाच गान हुने गरिएपनि केही वर्ष यता ग्रामिण महिलाहरु सदरमुकाम आउन बन्द भएको थियो । ग्रामिण क्षेत्रका महिलाहरुले भारी गरगहना लगाएर आउन नसक्नु का साथै नाचगानका लागि पालो नपाउने भएका कारण महिलाहरु सदरमुकाम आउन रोकिएका थिए ।

यस वर्ष भने सदरमुकाम र ग्रामिण क्षेत्रमा ठुलो जमघट नभई स सानो समुहमा घर घरमा मनाइएको छ । स्थानिय सरकारले जिल्लामा ठुला मेला पर्व तथा तिजका कार्यक्रम नगर्न भनेपछि महिलाहरुले मिठो मसिनो खाएर घरमा तिज मनाइएको महिला अगुवाहरुले बताएका छन ।

स्थानिय तहहरुमा पनि तिजलाई महिलाका क्षेत्रमा छुवाछुत तथा छाउपडि विरुद्ध कार्य गर्न घरदैलो कार्यक्रमको तयारी गरिएको छ । पचालझरना गाउँ पालिकामा सरसफाई तथा महिलाहरुमा हुने विभेद तथा असमानताका बारेमा घरदैलोमा गएर मनाउन भनिएको छ भने अन्य स्थानिय तहमा पनि बाढिपहिरो र कोरोनाका कारण तिज खासै मनाउन तर्फ उन्मुख नभएको महिलाहरुले बताएकी छन ।

कालीकोटमा बाढिपहिरोका कारण ठुलो धनजनको क्षति भएको र पछिल्लो समय जिल्लाका ग्रामिण क्षेत्रमा समुदाय स्तरमा कोरोना देखिएपछि तिज ओझेलमा परेको बताइएको छ ।
तिजका अवसरमा महिलाहरुले श्रीमानको आयु लामो होस भन्दै शिव जिको नाममा वर्त बसेर मनाउने गरिने मान्यता रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित