पत्रकार भट्टराई द्वारा जन्मदिनको अवसरमा महाबैलाइ स्टेचर प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । जन्मदिनको अवसरमा कालीकोटका १ जना पत्रकारले गाउँ पालिकालाइ स्टेचर प्रदान गरेका छ्न । सामुदायिक रेडियो मालिकामा कार्यरत पत्रकार पुस्पराज भट्टराईले जिल्लाको महाबै गाउँ पालिकालाइ ७ वटा स्टेचर प्रदान गरेका हुन  ।

आज बिहान पत्रकारहरुको बिचमा महाबै गाउँ पालिकाका खाम्मा सिंहलाई प्रत्येक वडालाइ १/१ पुग्ने गरि ४० हजार २ सयको लगानिमा ७ वटा स्टेचर प्रदान गरेका हुन ।

यस  अघि साउन अन्तिम साता महाबैमा भएको सार्बजनिक सुनुवाइमा स्वास्थ्य कर्मिले स्टेचरको माग गर्दा जनप्रतिनिधिले बिरामी बोक्न दुई डोका दिएको अभिव्यक्तिले आफुलाइ सहयोग गर्ने भावाना जागेको पत्रकार भट्टराईले बताएका छ्न ।

पछिल्लो समयमा जन्मदिनको अवसरमा सामाजिक सेवा गर्ने क्रम बढेको छ । यस  अघि नेकपा कालीकोटका सचीव नगिन्द्र शाहिले बिरामी भेटेर जन्मदिन मनाएका थिय भने पत्रकार महासंघ कालीकोटका पुर्ब अध्यक्ष काली बहादुर मल्लले बादी परिवारलाइ चामल दियर जन्मदिन मनाएका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित