पहिरोले पुल बगाउदा रहगाडमा साँघु मार्फत आवत जावत

7
SHARES
15
VIEWS

कालीकोट । रहगाड रमाइला पुल भन्ने गित पाण्डव विष्टले गाउने क्रममा सबैलाई लालु,माल्कोट र कोटवाडा जोड्न उक्त पुलको कुनै समय निकै चर्चा थियो। अहिले सोही पुल बाढिले बगाउदा आवत जावतमा निकै कठिनाई भइरहेको अवस्थामा नरहरिनाथ गाउँ पालिकाको पहलमा उक्त स्थानमा सांघु निर्माण गरिएको छ । तत्काल बैकल्पिक मार्गका रुपमा उक्त सांघ प्रयोगमा आएको हो ।

जिल्लाको नरहरिनाथ गाउँ पालिकाको रहगाडमा झोलुंगे पुल बगाएपछि आवत जावत गर्न कठिन भएको अवस्थामा गाउँ पालिकाले सो साघु निर्माण गरेपछि आउ जाउमा सहज भएको स्थानियले बताएका छन । उक्त पुल सामान्य तवरबाट निर्माण गरिएकाले बगाएपछि फलामको डण्डा सहितको काठको सांघु बनाउन १ लाख लगानि लागेको बताइएको छ ।
बाढि पहिरोका कारण जिल्लाको सबै भन्दा बढि क्षति व्यहोर्ने मध्ये पहिलो नरहरिनाथ गाउँ पालिका रहेको छ । जहाँ हाल सम्ममा २० जनाको ज्यान गएको बताइएका् छ भने ८ जना घाईते भएका छन । नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्टका अनुसार गाउँ पालिकामा भएकोाा क्षतिको दुई पटक स्थलगत अनुगमन गरिएको र उक्त बाढिबाट ४५ घर पूर्ण रुपमा क्षति भएको बताउनु भएको छ ।

अध्यक्ष विष्टले भन्नु भयो गाउँ पालिका भित्र ४ सय ९४ घर आंशिक क्षति भएको र ८ सय ८५ घर जोखिममा रहेको बताउनु भएको छ । वहांँले भन्नु भयो वडा न. ४, ५ र ७का वस्तिलाई स्थान्तरण गर्ने काम भएको छ अन्य जोखिममा रहेका वस्तिहरुको उचित व्यवस्थापन गर्न गाउँ पालिकाले छलफल गरेको बताउनु भयो । कर्नालि प्रदेश सरकार,गाउँ पालिका, गैरसरकारी निकायको सहयोगमा बाढिपिडितलाई सहयोग गरिएको छ ।

बाढिमा मृत्यु भएका परिवारलाई कर्नालि प्रदेश सरकारले २ लाख र संघिय सरकारले २ लाख गरी ४ लाख राहत दिने प्रक्रिया अघि बढेको र घर पूर्ण रुपमा क्षति भएकाहरुलाई घर निर्माण गर्न कर्नालि प्रदेश सरकारले १ लाख सहयोग गर्ने बताइ सकेको छ ।

कालीकोटमा ४३ जनाको बाढिका कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित