पचालझरनामा सामाजिक सुरक्षा भत्ता अनलाइन प्रणालि मार्फत वितरण गरिने

7
SHARES
15
VIEWS

कालीकोट । जनताका गुनासोहरुको उचित सम्बोधन र व्यवस्थापनका लागि पचालझरना गाउँ पालिकामा जनप्रतिनिधिहरुलाई गुनासो सुनुवाई अभिमुखिकरण कार्यक्रम शुरुवात गरेको छ ।

स्थानिय तहका जनप्रतिनिधि,सरोकारावाला पक्ष तथा वडा स्तरिय गुनासो सुनुवाई समितिहरु संग अभिमुखिकरण गरेको हो । पचालझरना गाउँ पालिकामा रहेको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सुदृढिकरण आयोजना सेवा इकाइले आयेजना गरेको कार्यक्रममा जनस्तरमा आएको गुनासोको व्यवस्थापन कसरी गर्ने कुन किसिमको समस्यालाई कसरी हल गर्ने भन्ने कुराको सहजिकरण भएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाका सुचना प्रविधि प्रमुख प्रकाश कठायतका अनुसार गाउँ पालिकामा हुने विभिन्न व्यक्तिगत घटना तथा अन्य समस्याको निदानका लागि यो कार्यक्रम तय गरिएको बताउनु भयो ।
पचालझरनामा सामाजिक सुरक्षा भत्ता र वालपोषण भत्ताको व्यवस्थापन गर्न र असहज अवस्था आउन नदिन र सहज सुविधाका लागि कार्यक्रम तय भएको र दुइ दिन सम्म यो कार्यक्रम संचालन हुने पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । अध्यक्ष सेजुवालका अनुसार अनलाइन मार्फत व्यवस्थित गरी दोहोरो हुन नदिनुका साथै बसाइसरी गएकाहरुको समेतको भुक्तानि हुने समस्याको अन्त गर्ने बताउदै स्थानिय स्तरमा मृत्यु दर्ता नगर्ने अवस्था आएकाले सबैलाई अभिमुखिकरण गरिएको बताउनु भयो ।

ग्रामिण क्षेत्रमा कसैले सामाुजिक सुरक्षा भत्ता नपाएको धेरै जनगुनासा आएका कारण पहिलो चरणमा अभिमुखिकरण गरी व्यवस्थित गर्न खोजेका हौं अध्यक्ष सेजुवालले बताउनु भयो ।सामाजिक सुरक्षा सुदृढिकरण आयोजना सेवा इकाइले पचालझरनामा जेष्ठ नागरिक तथा वालवालिकाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित