कोरोना परीक्षण शुल्क रु.२ हजार मात्र

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले कोरोनाभाइरस परीक्षणका लागि अधिकतम शुल्क तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी र सरकारी प्रयोगशालाका लागि कोरोना परीक्षणको अधिकतम शुल्क रु. दुई हजार तोकेको हो।
अब पीसीआर मेशिनबाट कोरोना परीक्षण गर्दा यसभन्दा बढी शुल्क लिन पाइनेछैन। मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा क्रममा आइतबार यसबारे जानकारी गराएको हो।

सरकारले यसअघि कोरोना परीक्षण शुल्क रु. ४ हजार ४०० तोकेको थियो। सरकारले चर्को शुल्क राखेको भन्दै आलोचना भइरहेको थियो।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरमणि अधिकारीले सोमबारदेखि नै सबै प्रयोगशालाले नयाँ शुल्क अनुसार कोरोना परीक्षण गर्नुपर्ने बताए। उनका अनुसार पछिल्लो समय कोरोना परीक्षण गर्ने प्रयोगशालाका र स्वाबको नमुना संकलन गर्ने सामग्रीको मूल्य घटेकाले नयाँ शुल्क तोकिएको हो।

उनले प्रयोगशाला सामग्रीको मूल्य थप घट्न सक्ने भएकाले भविष्यमा कोरोना परीक्षणको शुल्क अझै घट्न सक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित