पचालझरनामा वालदिवसको अवसरमा बृक्षारोपण गरियो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा वाल दिवसका अवसरमा विभिन्न कार्यक्रम भए संगै पचाझरना गाउँ पालिकाले भने बृक्षारोपण कार्यक्रम गरी मनाएको छ । गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको उपस्थितिमा बृक्षारोपण कार्यक्रम गरिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाले नांगो डांडाहरुमा विरुवा लिएर बृक्षारोपण गरिएको बताइएको छ । कोरोनाका कारण बृहत कार्यक्रम नभएपनि पचालझरना गाउँ पालिकामा नर्सरीबाट उत्पादन गरिएका विरुवाहरु लिएर यस वर्षको वाल दिवस मनाइएको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहाँका अनुसार यस वर्ष कोरोनाले विद्यालय संचालन नभएको र जमघट हुने अवस्था नभएका कारण सामुदायिक हित तथा वातावरण सम्बन्धि काम गरेको बताउनु भयो ।

विपदमा वाल अधिकार सुनिश्चितता,हामि सबैको प्रतिवद्धता भन्ने मुलनाराका साथ जिल्लाका सविभिन्न स्थानमा वाल दिवस मनाइएको हो । जिल्ला सदरमकाम मान्म,महावै गाउँ पालिका लगाएतका स्थानमा जमघट सहितको भेलामा वाल दिवस मनाइएको भएपनि पचालझरना गाउँ पालिकाले भने नयाँ तरिकाले मनाएको गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित