दोलखाका सहकारी सदस्यहरुको विमा गाउँ पालिकाले गरिदिने

7
SHARES
15
VIEWS

दोलखा । तामाकोशी गाउँपालिकाका सम्पूर्ण सहकारीका सदस्यहरुको कोरोना बिमा कार्यक्रममा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

सहकारीहरुले गाउँपालिकाको सहयोगमा आफ्ना सम्पूर्ण सेयर सदस्यहरुको १ लाखको कोरोना बिमा गर्ने भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण सदस्यमा पर्न सक्ने स्वास्थ्य जोखिम कम गर्न सहकारीहरुले सदस्यसँगै तामाकोशी गाउँपालिकाको सहयोगमा कोरोना बिमा गर्न लागेका हुन् ।

सहकारी सदस्य बिमा कार्यक्रममा गाँउपालिका, संस्था र सदस्यहरुको सयुक्त आर्थिक सहभागितामा रहने छ । कार्यक्रममा प्रत्येक सदस्यले १ सय, गाउँपालिकाले १ सय र संस्थाले १ सय रुपैयाँको योगदान गर्नेछन् । कार्यक्रममा सबै सदस्यको सहभागिताका लागि गाउँपालिकास्थित सहकारीहरुले संयुक्त पहलकदमी गर्ने छन् ।

भदौ २६ गते तामाकोशी गाँउपालिकामा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुको बैठक बसी उक्त बीमा योजना तत्काल सुरु गर्ने निर्णय भएको छ । तामाकोशी गाउँपालिकका सहकारी संस्था एवम् स्थानीय सहकारीकर्मीहरुको संयुक्त पहलमा गाउँपालिकाको सहयोग सहित सहकारी सदस्यहरुको बिमा कार्यक्रम लागू गर्न लागिएको हो ।

१ लाख रुपैयाँको बिमा वापतको प्रिमियममा सरकारले बेहोर्ने ३ सय रुपैयाँ बाहेक बाँकी ३ सय तिनै पक्षले तिर्ने सहमति जुटेको हो । सहकारीका सदस्य नभएकाहरुले भने २ सय लगानी गर्नु पर्ने छ । गाउँपालिकाको उक्त निर्णयको स्थानीय सबै सहकारीकर्मीहरुले प्रशंसा गर्दै अन्य स्थानीय निकायको लागि पनि उदाहरणीय हुने दाबी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित