कालीकोट/बैशाख, जिल्लाका दुई स्थानिय तहका दुई जनामा कोरोना भाइरसको चेक जांचमा नेगेटिभ देखिएको छ ।
जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले तिन दिन अघि स्वाब परिक्षणका लागि सुर्खेत पठाइएको भएपनि आज रिर्पाेट नेगेटिभ आएको हो । रिर्पाेट नेगेटिभ आउनेमा तिलागुफा नगरपालिकाको छाप्रेका एक जना र सान्नित्रिवेणि गाउँ पालिकाको रकुका एक जनाको स्वाब परिक्षण पछि नेगेटिभ आएको जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख कटक महतले बताउनु भएको छ ।
कालीकोट जिल्लामा यस अघि पनि एक जना महिलाको स्वाब परिक्षणका लागि पठाइएकोमा नेगेटिभ देखिएको थियो ।
Discussion about this post