गाउँमा वालवालिका पढाउदै विप्लवका नेता

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा क्रियाकलापमा निष्क्रिय देखिएका विप्लव नेतृत्वको विद्राही नेकपाका कार्यक्रताले समाजसेवाका कामहरुमा सक्रिय हुन थालेका छन । ग्रामिण क्षेत्रमा विकास निर्माणका काममा होस या अन्य सामाजिक काममा लाग्न थालेका छन ।

पलांताको खिन स्थित जलविद्युत केन्द्रको संचालन देखि खानेपानि सुचारु गर्नुका साथै आवत जावतमा कठिनाई भइरहेको अवस्थामा फुगाड खोलामा पुल बनाउने काममा सक्रिय भएका विप्लव नेतृत्वको नेकपा कार्यक्रताहरुले वालवालिकालाई समेत पढाउन थालेका हुन ।

पलांता गाउँ पालिकाको खिन गाउँमा रहेको कर्नालि मावि खिनका वालवालिकाहरुलाई विप्लव नेतृत्वको नेकपाको भाृत संगठन दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य पदम वि क (शाहसी)ले विद्यालय संचालन नहुंदा गाउँ घरमा बेफाल्टु खेल्ने वालवालिकाहरुलाई विहान वेलुका पढाउन थालेका छन ।

उनले कोरोनाका कारण विद्यालय संचालन नहुंदा विहान वेलुकाको समयमा माटो खेलेर समय विताउने वालवालिकाहरुलाई भाद्र २५ गते देखि पढाउन थालेको बताए । उनले आफुले विहान र वेलुकाको समयमा खिन स्थित खेतगोडका कक्षा १ देखि ७ सम्मका वालवालिकाहरुलाई पढाइमा ध्यान पुगोस भनेर पढाउन थालेको बताएका छन ।

आफुले ग्रामिण क्षेत्रमा रहेको वालवालिकाहरुलाई केही नभएपनि किताव अध्ययन गर्ने वानिको विकास होस भनेर पढाउन थालिएको हो तर भाइरल हुनका लागि नभएको बताएका छन । पलांतामा स्थानिय सरकारले निशुल्क भने पनि अनियमित ढंगले परिचालन गरेको शैक्षिक सुधारमा ध्यान नदिएको बताएका छन । शिक्षामा जति लगानि गरेको भएप्नि वालुवामा पानि हाले झै भएको पदम विकले बताए । उनले भने ग्रामिण क्षेत्रका न्युन आय भएका समुदायका वालवालिकाहरुको शिक्षा क्षेत्रमा कुनै पनि सुधार हुने क्रियाकलाप नभएको समेत आरोप समेत लगाएका छन ।
सरकारले लक डाउन खुकुलो पारे संगै असोज पहिलो साताबाट विद्यालय सुचारु गर्ने भनेको भएपनि पलांतामा पढाइ शुरुवातको कुनै पहल नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित