कोदो खेति र यसको उपयोगिताका बारेमा जानिराखौं

7
SHARES
15
VIEWS

काठमाडौ । कोदोको बैज्ञानिक नाम Eleusine Coracana हो। यो Graminae तथा Poaceae परिवारमा पर्दछ। कोदो विश्वको एक प्रमुख अन्न बाली हो। यसको उत्पति अफ्रिकी महादेशको ईथियोपिया भन्ने देशमा भएको हो। नेपालमा पहाडी क्षेत्रमा कोदोलाई मकै पछिको द्रोसो बालि मानिन्छ । यसको खेति नेपालको पहाड र तराई दुबै क्षेत्रमा गरिन्छ। सुख्खा तथा चिस्यान कम हुने माटोमा पनि राम्रोसँग सप्रने हुनाले यो बालीलाई नेपालको पहाडी भेगमा प्रमुख बालीमध्ये एक मानिन्छ। करिब १५० सेन्टिमिटर सम्म अग्लो हुने यो कोदोको डाठो चौडा र गाठो गोलो हुन्छ ।

माटो र जमिनको तयारी :
कोदो प्रमुख अन्न बाली भएको कारणले गर्दा यसको उत्पादन विभिन्न क्षेत्रमा गरिन्छ। यसको उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ। कोदोलाई गरम तथा सम शितोष्ण हावापानी चाहिने भएकोले यसको खेति तराईदेखि ७००० फिट अग्लो पहाडसम्म गर्न सकिन्छ। बोट वृद्धिको लागि बढी तापक्रम चाहिन्छ भने यसको लागि औसत अधिक्तम तापक्रम २७ डिग्रिसेल्सियस र न्युनतम तापक्रम १८ डिग्रीसेल्सियस उपयुक्त मानिन्छ। कोदो खेति जुनसुकै माटोमा गर्न सकिने भएता पनि पानी नजम्ने र बलौटे , दोमन माटो यसको लागि उपयुक्त मानिन्छ। यो बाली अम्लिय माटोदेखि धेरै नुनिलो र रातो माटोमा पनि फस्टाउन्छ। यसको खेतिको लागि पि. एच ४.५ देखि ५.५ भएको माटो उपयुक्त हुन्छ।
सामान्यतमा मकै बाली भित्र घुसुवा बालीका रुपमा कोदो लगाईने भएकाले मकै भित्र कोदालीले माटो पल्टाएर झारपात सफा गरेपछि कोदोको बेर्ना राप्ने प्रचलन छ। तर एकल बालीको रुपमा कोदो खेती गर्न हलो वा ट्याक्टरको एक दुई पटक राम्ररी जोतेपछि डल्ला फोरेर झारपात हटाएर जमिनको तयारी गर्नुपर्दछ भने कोदो खेतिका लागि माटोलाई मसिनो बनाउनु नै उपयुक्त हुन्छ। कादो खेति गरिने जमिनमा पानी जम्ने अवस्था आउन नदिन पानिको निकासमन राम्रो प्रबन्ध मिलाउनु पर्दछ अनि बल्ल कोदो खेति गर्नको लागि बारी तयार हुन्छ। कोदो खेति गर्दा लाईनको दुरी २०-२५ सेन्टिमिटर तथा बोटको दुरी ८-१० सेन्टिमिटर हुनुपर्दछ। लाईनमा छर्दा बीउ ३-४ सेन्टिमिटर गहिरो हुनुपर्छ। बेर्ना सारेर खेति गर्दा ४ किलोग्राम बीउ एक हेक्टरको लागि पुग्ने गरि बेर्ना उमार्न पुग्छ तर साधारणतय एक हेक्टरको लागि ८-१० किलोग्राम बीउ चाहिन्छ। बीउ सबै ठाउँमा एकनास हुने गरि छरिदिने र माथिबाट १(२ सेन्टिमिटर बाक्लो गरि माटोले छापी त्यसलाई थराल, तितेपाती, वा असुरो आदिले छोपी चराचुरुङ्गी बाट बचाउनु पर्दछ।

जातहरु
नेपालमा विभिन्न किसिमका कोदोको जातहरु पाईन्छन। मुख्य गरि तीन जातहरु छन् ती मध्ये ;
१. ओखले कोदो – १= वि.स २०३७ (सन् १९८०) सालमा मध्य उच्च पहाडको लागि सिफारिस गरिएको यो जात करिब ८० सेन्टिमिटर अग्लो र दाना खैरो रङ्गको हुन्छ। यसको बाला खुल्ला र केस्राहरु लामो भएर टुप्पोमा केही भित्र पट्टि फर्किई नङग्रा आकारको हुन्छ।
२. डल्ले कादो – १= वि.स २०३७ सालमा भित्री मधेस, तराई र मध्य उच्च पहाडको लागि सिफारिस गरिएको यो जात करिब १०० सेन्टिमिटर अग्लो र दाना खैरो रङ्गको हुन्छ। यसको बालामा केस्राहरु एक आपसमा बेरिएर डल्लो परेको हुन्छ ।
३. काब्रे कोदो – १= वि.स २०४७ सालमा सिफारिस गरिएको यो जात ९००-१९०० मिटर उचाई सम्मको मध्य पहाडको पाखो बारीमा चाखो तथा मकैसंग मिश्रित खेतिको रुपमा लगाउन सकिन्छ। यसले अम्लिय माटोमा र धेरै वर्षा हुने क्षेत्रमा पनि राम्रो उत्पादन दिन्छ।

मलखाद
कादोको राम्रो वृद्धि र विकासको लागि मलखादको पनि आवश्यक पर्दछ। विशेषगरी कोदो खेती गर्दा प्रयोग गर्नुपर्ने मलखादको मात्रा, लगाउने जात, माटाको प्रकार र बाली लगाउने तरिका आदि कुराहरूमा निर्भर गर्दछ। त्यसैले माटोको परिक्षण गराएर मात्र माटोमा अपुग तत्वहरु उपयुक्त मात्रामा प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ। कादो खेतिका लागि युरिया ३.६७ किलोग्राम, डि.ए.पि ३.२६० किलोग्राम , पोटास १.६६६ किलोग्राम र २०-२५ डोका प्राङागा्रिक मल प्रती रोपनीका दरले प्रयोग गर्न सकिन्छ। यसरी मलको प्रयोग गर्दा पोटास र डि.ए.पी को पुरै मात्रा र युरियाको आधा मात्रा मल जमिनमा अन्तिम तयारिको समयमा प्रयोग गर्नुपर्दछ र युरियाको बाकी आधा मात्र गाज आउने समयमा “top dressing” गर्नुपर्दछ। नेपालमा धेरै स्थानहरुमा मकै छर्दा प्राङगा्रिक मल प्रयोग गर्ने र कोदो रोप्दा मल प्रयोग नगर्ने चलन भए पनि कोदोको उत्पादन बढाउन उचित मात्रामा मलखाद प्रयोग गर्न आवश्यक हुन्छ।

कोदोमा लाग्ने किरा र यसको व्यवस्थापन
यसको खेति अथवा उत्पादन गर्दै जादा विभिन्न किसिमका रोग तथा किराहरु लाग्न सक्छ।त्यसमध्ये रिठ्ठे किरा, खुम्रे किरा र धर्के गवारा तथा गुलाबी किराहरु लाग्ने गर्दछस
१. रिठ्ठे किरा- यो एक किसिमको कालो रङ्गको खपटे किरा भएकोले यसले जमिन मुनि बसी कोदोको व्याडलाई क्षति पुर्‍याउन्छ। पानी नलाग्ने सुख्खा बालीलाई यसले दुख दिन्छ। यसको रोकथामका लागि मालाथायन धुलो २० किलोग्राम ( हेक्टरका दरले बिउ रोप्नु भन्दा अगाडि माटोमा मिसाउनु पर्दछ।
२. खुुम्रे किरा- यसको लाभ्रे र माउ खपटेले जमिन मुनि बसी बालीलाई क्षति पुर्‍याउन्छ।यसको रोकथामको लागि मालाथायन धुलो २० किलोग्राम ( हेक्टरका दरले बीउ रोप्नु भन्दा अगाडि माटोमा मिसाउनु पर्दछ।
३. धर्के गवारा तथा गुुलाबी गवारो- फुलबाट निस्कन साथ गवारोको लाभ्रे गुभोबाट भित्र पसी मूल डाठ खाई सुकाई दिन्छ । यसको रोकथामको लागि डेल्टामे थ्रिन २ मि. लिटर दरले पानीमा मिसाई छर्कनु पर्दछ।
यस जातमा लाग्ने मुख्य किरामा गवारो, झुसिलकिरा, फटयांग्रो, खपटेकिरा आदि हुन् तापनि यस बालिको उत्पादनमा खास नोक्सानी पुर्‍याएको पाईदैन। बेर्ना र पातको डढवा, पातको थोप्ले रोग, कालो पोके आदि कोदोमा लाग्ने मुख्य रोगहरु भएपनि यो जातले यी रोगहरु सहन सक्ने भएकाले विषादी प्रयोग गर्नुपर्दैन।

कोदोको उपयोगिता
कोदो मुख्य अन्न बालि भएकाले प्रायजसो कोदोलाई रोटि, केक , मिष्टान्न वा मिठाइहरु बनाएर प्रयोग गर्न सकिन्छ।यो कडा मेहनत गर्ने श्रमजीवी मानिसहरुको रुचिकर खाध्र हो भने मधुमेह तथा “Diabetes“ को रोग लागेको मानिसको लागि यो निकै उपयोगी हुने गर्दछ। कोदोबाट पेय पदार्थ पनि बनाउन सकिन्छ। विशेषगरी यसको नल गाईवस्तुको लागि पौष्टिक आहार मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित