पचालझरना अध्यक्ष सेजुवाल स्वस्थ्य संस्था अनुगमनमा

7
SHARES
15
VIEWS

कालीकोट । स्वस्थ्य अवस्थाका बारेमा जानकारी लिन र समुदायलाई सहज पहुंच कायम भए नभएको बारेमा अनुगमन गर्न पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले स्वस्थ्य चौकी सिकुमा पुग्नु भएको छ ।

अध्यक्ष सेजुवाल संगै गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र संज्याल सहितको टोलिले सिकु स्वस्थ्य चौकीमा समुदायले पाउने स्वस्थ्य सेवा र स्वस्थ्य संस्थाले दिने सेवाका बारेमा तयार गरिएको सुचांकको बारेमा जानकारी गराउदै स्वस्थ्य चौकी सिकुका इन्चार्ज धर्मराज न्यौपानेले अहिले सम्म स्वस्थ्य सेवामा कमि हुन नदिएको बताउनु भएको छ । वहाँका अनुसार गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालको उपस्थितिमा समुदायहरुमा अन्तरक्रिया समेत गरिएको बताउनु भएको छ ।

अहिले पचालझरना गाउँ पालिकाका ६ वटा स्वस्थ्य इकाइ र तिन वटा स्वस्थ्य चौकी रहेका छन ।
पचालझरना गाउँ पालिकाको स्वस्थ्य शाखाका प्रमुख विरेन्द्र संज्यालले पचालझरना गाउँ पालिकामा स्वस्थ्य क्षेत्रमा योग शिविर संचालन गर्ने,आयुर्वेद्ध सेवा संचालन गर्ने निति लिएको र चालु आर्थिक वर्षमा त्यसको शुरुवात गरिने बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाका कुनै पनि नागरिकहरुले स्वस्थ्य सेवा सुविधामा कमि हुन नदिन गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले स्वस्थ्यकर्मिलाई निरन्तर रुपमा लागि पर्ने अनुरोध गर्दै सुचांक अनुसार काम कार्वाही भएकोमा धन्यवाद दिनु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित