यस वर्ष दशैँमा अग्रिम टिकट नखुल्ने ?

7
SHARES
15
VIEWS

काठमाडौँ । यसपटक पहिलेजस्तो हतार हतार गरेर दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कार्तिक लागेपछि मात्र खुलाउने भएका छन् ।

अधिकांश मानिसले पहिले नै काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको तर्क छ ।

कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण यसअघि नै गइसकेकाहरु अब चाडबाड मानेरै फर्किने मनस्थितिमा छन् ।

फर्किसकेकाहरुको संख्या पनि न्यून रहेको तर्क महासंघको छ । विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने उसले बताएको छ ।

कोरोनाका कारण अहिले सिट संख्याको आधा मात्र संचालनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल क्षमताको आधा मात्र संचालन गर्न अनुमति दिएको छ ।

जबकि विश्व स्वास्थ्य संगठनको मापदण्डले त्यसलाई पनि स्वीकृति दिँदैन । एसएमएस प्रणाली अन्तर्गत सामाजिक दूरी कम्तीमा दुई मिटर हुनुपर्छ ।

त्यो सार्वजनिक यातायातमा सम्भव छैन र पनि मन्त्रालयले केबल ५० प्रतिशत सिटको ढोंग गरेको छ । तर यातायात व्यवसायी भने दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने माग गरिरहेका छन् ।

आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने तर्क उसको छ । अझ कतिपय महासंघका पदाधिकारी त असोज १५ देखि पूर्ण सिट क्षमतामा चलाउनुको विकल्प नभएको भन्दै सरकारसँग ‘ब्ल्याकमेलिङ’ गरिरहेका छन् ।

त्यस्तै आन्तरिक हवाई उडानलाई पूर्ण सिट क्षमतामा सञ्चालन हुन दिएपछि बसलाई मात्र रोक्नुको कुनै अर्थ नहुने महासङ्घको तर्क छ ।

धेरैले यसमा विरोध जनाएका छन् – के जहाजमा चढ्दा कोरोनाले छुँदैन ?

महासङ्घका महासचिव सरोज सिटौला दशैँमा काठमाडौँबाट जाँदा यात्रुको चाप भए पनि फर्कदा गाडी खाली आउने हुनाले त्यसको पनि व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित