जिल्ला भर विद्यालय सञ्चालनमा, कोभिड सम्बन्धि सतकर्ता अपनाउदै पढाई सुचारु

7
SHARES
15
VIEWS

कालीकोट । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी भए यता चैत महिना देखि संचालन हुन नसकेको पठनपाठन कार्य सञ्चालनमा आएका छन । तिलागुफा नगरपालिका बिद्यालयहरुले असोर १५ गते बाट टोल(टोलमा विद्यार्थीको १०/१२ जना विद्यार्थीको समुह बनाएर समुदाय क्षेत्रमै पढाउन थालेका कालीका मावि रांचुलिका शिक्षक अनिपाल ऐडीले जानकारी दिएका छन ।

जिल्लाको पचालझरना गाउा पालिकामा पनि बिद्यालय र स्थानीय तहको पहलमा शिक्षकद्वारा घरदैलो सहयोगी कक्षा संचालन गरी पढाइ हुन थालेका छन । पछिल्लो समयमा उच्च सतर्कता अपनाउदै खांडाचक्र,रास्कोट नगरपालिका र सान्नित्रिवेणि,नरहरिनाथ,शुभकालिका,महावै गाउँ पालिकामा बिद्यालयहरुमा पढाइ शुरु भएको छ । यस अघि प्रत्येकक टोल टोलमा शिक्षकहरु खटाएर समुदाय स्तरमा नै पढाउन थालिएको भएपनि सरकारले पठन पाठनका लागि निर्देशन दिए संगै पठनपाठनमा प्रत्येक शिक्षक र बिद्यार्थीलाइ कोभिड(माक्स )अनिवार्य गरिएको छ ।

तिलागुफा नगरपालिका र पचालझरना गाउँ पालिकामा व्याक्तिगत दुरी कायम गरेर प्रत्येक दिन बिहान र बेलुका गरी दुई समय पढाइ हुने गरेको थियो । हाल तिलागुफा नगरपालिकामा मा रेडियो , अन्लाईन जस्ता वैकल्पिक शिक्षाका माध्यमहरु सञ्चालन हुन सम्भव नभएकाले यसरी समुदायमा गएर घरदैलो सहयोगी कक्षा सञ्चालन गरिएको थियो भने अहिले विद्यालय संचालन भएपछि विद्यार्थिमा उत्साह आएको हो ।

यस अघि जिल्ला शिक्षा समन्वय इकाइको पहलमा विद्यालय संचालनका लागि भएको बैठकले स्थानिय तहहरुले उच्च सतर्कता अपनाउदै विद्यालय संचालन गर्ने निणर्य गरेको थियो । पढाईलाई सुचारु गर्न पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको सक्रियतामा जिल्ला शिक्षा समन्वय इकाइ संगको सहकार्यमा पढाई शुरु गर्ने तय भएको थियो । हाल जिल्ला भर बिधालयको संख्या .२सय९४,बिद्यार्थी संख्या . ४४हजार ५सय ९,शिक्षक संख्या . १हजार ३५ रहेको छ भने जम्मा बाल बिकास केन्द्र संख्या . २ सय ३३ रहेको जिल्ला शिक्षा समन्वय इकाइ कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित