चालु आर्थिक वर्षमा कर्नालि राजमार्ग खाल्डा रहित हुन्छ — सडक डिभिजन प्रमुख भण्डारी

7
SHARES
15
VIEWS

कालीकोट । दुर्घटनाको उच्च जोखिममा रहने कर्नालि राजमार्गको स्तर उन्नतिको काम दुर्त गतिमा हुन थालेको छ । सडक डिभिजन कार्यालय जुम्लाले थालेको स्तरन्नोतिको कामले गति लिएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला भण्डारीले कर्नालि संचार संग कुरा गर्दै चालु आर्थिक वर्षमा सुर्खेत जुम्ला सडक खण्डमा खाल्डा रहित हुने ठोकुवा गर्नु भएको छ ।

अहिले सम्म कर्नालि राजमार्गको सुर्खेत जुम्ला सडक खण्डको दैखोला देखि सेरीघाट ३ कि.मि. सेरीघाट देखि मान्म जिरो प्वाइन्ट सम्म ४ किमी र गाल्जे देखि नाग्म सम्म गरी १२ किलोमिटर कालो पत्र भएको र २० किलोमिटर सर्फेस डेसिंग गर्ने काम भएको बताउदै नाग्म देखि मुगु गमगडी सम्मको १३ किलोमिटर सडक मर्मत गर्दै डवल लेन बनाउन लागेको बताउनु भएको छ ।

कार्यालय प्रमुख भण्डारीले यस वर्ष सडकमा देखिएका ठुला ढुंगाहरु हटाइएको र सडकमा नयाँ पन आउन थालेको बताउदै प्रमुख भण्डारीले अहिले डवल लेनका लागि सर्भे हुदै छ त्यस पछि डिपिआर भयो भने सडकको स्तर उन्नति हुने र सडक दुर्घना न्युनिकरण हुने बताउनु भयो ।

कर्नालि राजमार्गमा निर्माृाणधिन अलपत्र परेका पुलहरुका टाकुल्ला खोलाको पुलले ठुलो जोखिम ल्याएको र उक्त पुलको बजेट १ करोड १० लाखमा भएपनि अहिले पटक पकटको मर्मत सम्भारले डबल खर्च भएको बताउदै उक्त पुल जागृति दुर्गा जे भिले लिएकोमा ठेक्का तोडिएको र अबको केही समय पछि पुन ठेक्का हुने बताइएको छ ।

अन्य पुलहरु आसडिपि सुर्खेत सडक डिभिजन कार्यालयले बनाउने भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । अहिले कालीकोटका नाग्म,टाकुल्ला,छिडेनि खोला र सेरीघाटमा पक्कि पुलहरु निर्मााणाधिन अवस्थामा रहेका छन ।

चालु आर्थिक वर्षमा सडकको स्तर उन्नतिका लागि १५ करोड बजेट रहेको बताउदै कर्नालि राजमार्गका सडकको उचित व्यवस्थापन गरिने कार्यालय प्रमुख भण्डारीले बताउनु भएको छ । वहाँले विकास निर्माणको काममा समुदायको साथ नपाउनु दुखको कुरा भएकाले ज्यादै समस्या आएको समेत बताउदै समुदायले विकास निर्माणका कामहरुमा अपनत्व नहुंदा सम्म कठिन हुने भएकाले यसमा सबै नागरिक उत्तरदायि हुनु पर्नेमा जोड दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित