कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ६५ हजार पुग्यो

7
SHARES
15
VIEWS

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १३३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ । हालसम्म प्रदेश १ मा ५ हजार ८५५, प्रदेश २ मा १४ हजार ३९२, बागमति प्रदेशमा २१ हजार १८७, गण्डकी देशमा ३ हजार ६७८, प्रदेश ५ मा ९ हजार ६४२, कर्णाली प्रदेशमा ३ हजार २२२ र सुदुरपश्चिम प्रदेशमा ७ हजार २२६ जना कोभिड संक्रमणबाट मुक्त भएका हुन् ।

डिस्चार्ज हुने यो संख्या कुल संक्रमितको ७३ दशमलव ६ प्रतिशत हो ।

यस्तै देशभर संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसतै क्वारेन्टाइनमा रहेकाको संख्या ४ हजार ३३ छ ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, मुगुमा संक्रमण शून्यमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित