बाझकोटमा बन्ने कोल्थे सिचाइ कुलोको अध्यक्ष सेजुवाल द्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको गौरबको योजनाका रुपमा हेरिएको बाझकोटको कोल्थे सिचाइ कुलोको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले सिलान्यास गर्नु  भएको छ ।

तीन करोड ७५ लाखमा बन्ने उक्त कुलो ५ किलो मिटर लम्बाइ रहेको छ । ३ सय ५० घरधुरीले सेवा पाउने सिचाइ कुलोले स्थानीयलाई ठुलो राहत मिल्ने बताइएको छ ।

सिचाइ कुलोमा १ सय पचास जना महिला तथा पुरुष कामदार छनोट गरिएको छ भने त्यस भित्र पनि एकल महिलालाइ समाबेश गरिएको छ । उक्त कुलोको प्राबिधिक मुल्यांकनको आधारमा समान ज्याला दिने गाउँ पालिका अध्यक्ष सेजुवालले बताउनु भएको छ । वहाँका अनुसार यस सिचाइ कुलो बाट बाझकोट बासिमा नया आयाम थपिने छ ।

कयौ वर्ष देखि सिचाइको अभाबमा तड्पिएका कृषकहरुमा ठुलो राहत हुने र कृषि क्षेत्रमा आत्मनिर्भर ल्याउने बताउनु भयो । सिलान्यास कार्यक्रममा उपस्थित समुदायले स्थानीय सरकार  स्थापना पछि सहज पहुचमा मागेका योजना पाउन सकेकोमा स्थानीयले पालिका सरकारलाई धन्यवाद दिएका छ्न ।

बाझकोटका स्थानीय खडक बमले खुशी हुँदै भने यति ठुलो योजना पाउनका लागि केन्द्रमा धाउदा कयौ रकम खर्चिने अवस्थामा पालिका सरकार र गैर सरकारी निकायको सहयोगमा बन्ने कुलो जिल्लाकै नमुना बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

उक्त सिचाइ कुलोको लागि बिस्वखाद्द कार्यक्रम बाट  २ करोड  ७५ लाख र पचालझरना गाउँ पालिकाको १ करोड गरि ३ करोड ७५ लाखमा सम्पन्न हुने बताइएको छ । सिचाइ कुलोमा हुरुण्डेक नेपालले सहजीकरण गर्ने बताइएको छ ।

आगामी माघ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कुलो आज देखि कामको सुरुवात गरिएको छ । सिचाइ कुलोमा यति ठुलो रकम भएको यो आयोजना जिल्लाको पहिलो भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित