कालीकोट । नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिर बहादुर बिष्टले जिल्लामा सबै भन्दा बढी बिकास निर्माणका काम भएको बताउदै यो बिकासको गति देखेर अत्तालिएकाहरुले मिडिया बाजि गरेर गलत सन्देश दिन खोजेको बताएका छ्न ।
अहिले गाउँ पालिकामा बत्ती बलेर झिलिमिली भएको,गाडी गुडेको,घर घरमा धारा निर्माण भएको र बिद्यालय ब्यबस्थित भएको उल्लेख गरेका छ्न । उनले यहाँको बिकाशको गति तिब्र हुँदै गएकाले अत्तालिएका छ्न यी भ्रमहरुका पछि नलाग्न अनुरोध गरेका छ्न ।
नरहरिनाथ गाउँ पालिकाको तिब्र गतिमा अघि बढेकाले सबैको साथ आबस्यक भएको अध्यक्ष बिष्टले बताए ।
गाउँ पालिकाले पछिल्लो समयमा नमुना काम गरेको दाबी गर्दै बिकाश निर्माणका काममा जनताले साथ दिएको बताइएको छ ।
Discussion about this post