कालीकोटमा २० केजि चामल लिनेको संख्या बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । साविकको कर्नालि अंचलका ५ जिल्लमा जन्म र मृत्युका समयमा दिइने २० किलो चामल कालीकोटका समुदायले भरपुर प्रयोग गरेको छन । शुरुवातिको चरणमा निकै आलोचनाको विषय बनेको २० केजि चामल अहिले विभिन्न स्थानिय तहका समुदायहरुले उपयोग गर्न थालेका छन ।
कालीकोट जिल्लाका तीन क्षेत्रबाट दिदै आएको उक्त २० किलो चामल लिने गरेको खाद्य व्यवस्था तथा व्यापर कम्पनि लिमिटेड शाखा कार्यालय कालीकोटका प्रमुख रामशरण लामिछानेले बताए । जिल्लाका सबै स्थानिय तहका समुदायलाई जन्म र मृत्युका समयमा ढुवानि सहितको व्यवस्था गरेर २० केजि चामल दिने गरिएको छ ।

हाल सम्म उक्त चामल लिएर राहतको महसुस गरेको स्थानिले बताएका छन । स्थानिय जनक आचार्यले थोरै भएपनि राहतको महसुस गराएको बताए ।
पछिल्लो समयमा सरकारले कर्नालिवासिका लागि देशभर भन्दा फरक व्यवस्थापन गरेको उनको बुझाइ रहेको छ । आर्थिक वर्ष २०७६।०७७को अषाढ मसान्त सम्म जिल्लाका ९ वटा स्थानिय तहका १हजार २ सय ८९ जना वालवालिका र १ सय ४२ जना मृत्यु गरी १ हजार ४ सय ३० जना र चालु आर्थिक वर्षमा जन्म भएका वालवालिकाको संख्या ५ सय ५१ जना र मृत्यु भएका ३२ जना गरी कुल जन्मका आधारमा १ हजार ८ सय ४० जना र मृत्यु भएका १ सय ७४ जनालाई २० केजिका दरले ४ सय २ कुयन्टल ८० केजि को जम्मा २० लाख १४ हजारको खाद्यन्न व्यवस्थापन गरिएको शाखा प्रमुख लामिछानेले बताएका छन ।

उक्त खाद्यन्नमा अनुदान पाउनका लागि ३५ दिन भित्र जन्मेको हकमा जन्म दर्ता र वडाको सिफारिस ल्याउनु पर्ने र मृत्युको हकमा मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि सहित वडाको सिफारिस अनिवार्य गरिएको छ ।सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि लिने गरिएको छ ।
उक्त चामल लिने आउने सेवाग्राहीलाई ढुवानि वापत सदरमुकाम आसपास(साविकको मान्म)बाहेक त्यस आसपासका क्षेत्र(साविकको भर्ता पोरीपाल्लि,खांडाचक्र ११ र सान्नित्रिवेणिको १ देखि ३ रकुसम्मका समुदायका लागि ५ सय रुपैया ढुवानिको व्यवस्थापन गरिएको र सो भन्दा बाहिरका समुदायहरुलाई १ हजार ढुवानि दिने गरिएको बताइएको छ ।
हाल जिल्लामा २० केजि चामल लिनका लागि दैनिक ५ देखि ७ जनाको अनुपातमा आउने गरेको बताउदै कालीकोट जिल्लामा खाद्यन्नमा जापनिज चामल प्रति केजि ४६ रुपैयामा विक्रि हुंदै आएकोमा ४१ रुपैया पर्ने भएको छ भने अरुवा मध्यम खालको चामलमा ५१ रुपैयामा विक्रि हुंदै आएकोमा ४६ रुपैया प्रति केजि विक्री शुरु गरिएको बताए ।
कालीकोटलाई २ सय कुयन्टल चामल दशै तिहारको समयमा छुट दिने केन्द्रय कार्यालयको निर्देशन अनुसार सेवाग्राहीलाई प्रति किलोमा ५ रुपैया छुट दिन शुरु गरिएको बताउदै जिल्ला सदरमुकाम र पादमघाटमा १ हजार कुयन्टल चामल स्टक रहेको र थिर्पुमा चामल अभाव भएकाले बाटो बन्ने वित्तिकै ल्याउने तयारी गरेको शाखा प्रमुख लामिछानेले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित