ग्रामिण क्षेत्रमा दुरसंचार : रास्कोटमा ल्याण्लाइन विस्तार गरिने

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला सदरमुकाममा मात्र सिमति रहेको ल्याण्डलाइन सेवा अब रास्कोट नगरपालिकामा शुरु हुने भएको छ । रास्कोट नगरपालिकाको पहलमा दुरसंचार कार्यालय कालीकोट मार्फ रास्कोट नगरपालिकामा दुर्त गतिमा संचालन हुने इन्टारनेट (लिस र ल्याण्ड)लाईन विस्तार गर्न लागिएको बताइएको छ ।

रासकोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालका अनुसार रास्कोट नगरपालिकामा दुर्तगतिमा संचालन हुने इनटरनेट र ३ सय लाइन टोलिफोन संचालनका लागि पहल भएको बताउनु भएको छ । वहाँले भन्नु भयो अब छिट्टै रास्कोटमा दुरसंचार कार्यालय कालीकोटबाट स्थलगत सर्भेका लागि टोलि जाने छ र सो कामले तिहार पछि रास्कोटमा ल्याण्लाइन वितरण गरिने बताउनु भएको हो ।

रास्कोट नगरपालिकालाई प्रविधि मैत्रि बनाउनका लागि संचारको जरुरी भएकाले प्रविधिमा जोड दिन लागिएको बताउदै नगरप्रमुख बरालले यहाँका समुदायका लागि अवसर हुने समेत बताउनु भयो ।

पछिल्लो समयमा दुरसंचारको तिव्र विकास संगै गतिविधिहरु बढ्न थाले संगै प्रविधिमा समुदायहरुको पहुंच हुन थालेको छ । अहिले पनि जिल्लाका तिलागुफा नगरपालिका,महावै, नरहरिनाथ र पलांता गाउँ पालिकाका समुदायहरुले भनेको समयमा संचार सुविधाबाट बञ्चित हुनु परेको छ ।दुरसंचारको पहुंच बृद्धि गर्नका लागि जिल्लाका नरहरिनाथको डाडांखलामा टावर स्थापना गरेको छ भने अन्य क्षेत्रमा विस्तारका लागि योजना अघि सारेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित