काठमाडौं/बैशाख,विश्वभर फैलिएको कोरोनाको प्रभाव न्युन रहेको नेपालमा आज सम्म संक्रमितको संख्या ९९ पुगेको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले सो कुराको पुष्टि गरेका हुन, उनका अनुसार पर्सामा १७ जनामा संक्रमित देखिए संगै ९९ पुगेको हो ।
अहिले संक्रमित पुष्टि हुनेमा दुई महिनाको बालक समेत भएको बताइएको छ । संक्रमितहरु मध्ये सात महिला र १० जना पुरुष रहेको बताइएको छ । अस्पताल बाट विदा पाएर घर फर्केका तिन जनामा संक्रमित देखिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताएका छन । के कति कारणले पुन देखिएको हो सोको बारेमा अनुसन्धान भइरहेको छ । यस अघि निको भएर घर फर्कनेको संख्या १७ पुगेको छ ।
Discussion about this post