सांसदहरुमा कोरोना परीक्षण गरिने

7
SHARES
15
VIEWS

काठमाडौं/वैशाख,  संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधिसभाका सदस्यहरुको पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु हुनेछ ।

कोरोना परीक्षण गर्ने व्यवस्था संघीय संसद भवनकै ल्होत्से हलमा मिलाइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना संक्रमणको परीक्षण गरिने भएको छ ।

सांसदहरुको टेष्ट गरिसकेपछि कर्मचारी, मर्यादापालक, पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ ।

मंगलबार बसेको कार्यव्यवस्था समितिले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित