रास्कोटमा तेस्रो चरणको राहत वितरण

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख, कोरोनाका कारण आफ्ना नागरिकहरुलाई खाद्यन्न लगाएतको समस्यामा समाधानमा निरन्तर लागि परेको रास्कोट नगरपालिकाले तेस्रो चरणको राहत प्रदान गरेको छ ।

आज रास्कोट नगरपालिकाका नौ वटै वडामा वडा कार्यालयबाट छनोट भएका गरिव परिवारलाई बांडिएको हो । रास्कोट नगरपालिकाका कार्यापालिका सदस्य मन तिरुवाका अनुसार नगरपालिकाका वडा न. १मा ८४ जना,वडा न. २मा ६४ जना,वडा न. ३मा ७० जना वडा न. ४मा ६६ जना, वडा न.५मा ९७ जना,वडा न. ६मा ६३ जना,वडा न. ७मा ५४ जना,वडा न. ८मा १०० जना र वडा न. ९मा ७५ जना गरी जम्मा ६ सय ७३ जनालाई खाद्यन्न, तेल र नुन वितरण गरिएको बताइएको छ ।सरकारले गरेको निति अनुसार खाद्य संस्थान बाट चामल,नुन खरिद गरिएको र बाहिरबाट दाल र तेल मात्र खरिद गरिएको नगरपालिका उपप्रमुख मिमसरा शाहीले बताउनु भएको छ ।

पहिलो चरणमा स्थानिय व्यापारीहरुको डाटा लिएको तर पछिल्लो समयमा प्रदेश सरकारले सरकारी निकायबाट मात्र खाद्यन्न लगाएतका सामान खरिद गरेर अपुग सामान बाहिरबाट ल्याउने भने पछि सोही अनुसार गएको बताउनु भयो । प्रत्येक वडामा वडा अध्यक्षहरुको उपस्थितिमा राहत बांडिएको बताइएको छ । यस अघि रास्कोट नगरपालिकाले पहिलो चरणमा ५ सय ३६ जना र दोस्रो चरणमा ५ सय ३४ जना नागरिकलाई राहत बांडि सकेको छ भने प्लान नेपाल लगाएतका संस्था संगको साझेदारीमा समेत कोरोनाका लागि सहयोग भएको रास्कोट नगरपालिकामा यस पटक प्रदान गरिएको राहत समुदायका लागि तेस्रो चरणको हो ।

उक्त राहत वितरण गरिएको चामल कुहिएको भन्ने बारेमा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले खाद्य संस्थानबाट लिएको १ हजार २ सय कट्ठा चामलमा एक प्याकमा समस्या आएको र उक्त चामलमा समस्या देखिए पछि फिर्ता ल्याएर वडा न. ९का सदस्य तोयानाथ न्यौपानेको घरमा राखिएका अवस्थामा आई जवरजस्त फोटो बाहिर हालिएको बताउनु भएको छ । नगर प्रमुख बरालले नगरपालिकाको समस्या नभई नेपाल खाद्य संस्थानको चामलमा समस्या आएको बताउनु भएको छ ।

नगरपालिकाको कुनै नियत नभएको बताउदै अन्य ठाउँको वितरण गरिएको चामलमा पनि आउनु पर्ने हो कुनै पनि ठाउँमा कुहिएको चामल नआएको बताउनु भएको छ । उक्त चामलमा आएको समस्याका बारेमा नगरपालिकाले अनुसन्धान गर्ने प्रमुख बरालले बताउनु भएको छ ।

कोरोनाका क्रममा रास्कोट नगरपालिकाले सबै भन्दा बढि राहत तथा अन्य कार्यक्रम गर्दै आएको छ । कोरोनाका क्रममा स्वस्थ्य कर्मिलाई एक सय दुइ प्रतिशत भत्ता दिने,विमा गर्ने,जिल्ला बाहिर रहेका नागरिकहरुलाई घर फर्काउने, स्थानिय व्यापारीबाट नभई खाद्य संस्थानबाट चामल, नुन लगाएतका खाद्य सामाग्रि खरिद गर्ने पहिलो नगरपालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित