पोतमारा विद्युतको ठेक्का आव्हान,काम सम्पन्न हुन समयम लाग्ने

7
SHARES
15
VIEWS

कालीकोट । गएको साउनमा गएको पहिरोले क्षतिग्रस्त जिल्लाको एक मात्र पोतमारा जलविद्युत गृहको काम शुरु हुन समय लाग्ने भएको छ । यस अघि आयोजनाको लागतको स्टामेट गरेको विद्युत प्राधिकरणले ठेक्काको काम कार्तिक पहिलो हप्ता शुरु गरेको छ ।

कालीकोट स्थित एक मात्र जनविद्युत वितरण केन्द्र पोतमाराको ठेक्का प्रक्रिया कार्तिकमा शुरु भएर मंसिरमा बोलपत्र खोलिने भएको छ । जिल्लामा अन्धकार भएको अवस्थामा डिजिटल प्लान्टबाट विद्युत शुचारु गरिएको विद्युतको काम भने महिनौ लाग्ने भएपछि जिल्ला बासि चिन्तित भएका छन । दशैंको मुखमा उज्यालो बाल्ने कालीकोट बासिको सपना तुहिएको छ । आजकाल दिन विराई हुने गरेको विद्युत सेवाले जिल्ला बासिमा काम गर्न कठिनाइ भएको छ ।

जिल्लाका २ हजार बढि ग्राहकहरुले विहान २ घण्टा र सांझ २ घण्टा विद्युत आपुर्ति गर्दै आएका छन । साविकको कर्नालि प्रदेशका कालीकोट र जुम्लामा राष्ट्रिय प्रशारण लाइनको विस्तार काम भएपनि जिल्लाको एक मात्र पोतमारा जलविद्युत आयोजना विग्रेको चार महिना विति सक्दा पनि ठेक्काको काम शुरुवात हुनुले वर्षाै लाग्ने जिल्ला बासिले बताएका छन ।

जिल्ला स्थित विद्युत वितरण केन्द्र कालीकोटल े विद्युतको ठेक्का आव्हान गरेको जानकारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित