विद्यार्थिहरुलाई कृषि पेशामा लाग्न विद्यालयको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख,देशभर शिक्षा आर्जनका लागि अनलाईन कक्षा संचालनको कुरा चलिरहेको बेला कालीकोट एक विद्यालयले आफ्ना वालवालिकाहरुलाई कृषि पेशामा लाग्न अनुरोध गरेको छ ।

पचालझरना गाउँ पालिका वडा न. १मा रहेको सरस्वति माध्यकि विद्यालयका प्रधानध्यापक शंकर न्यौपाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बर्म ऐडी द्धारा हस्ताक्षरित अनुरोध पत्रमा विश्वमा फैलिएको कोरोना भाईरसका कारण विद्यालयमा पढाई नहुने भएपछि उमेर अनुसार सम्पुर्ण विद्यार्थिहरुलाई कृषि पेशामा लाग्न अनुरोध गरिएको छ ।

अनुरोध पत्रमा भनिएको छ विद्यार्थिहरुलाई घरमा बसेर घरायासि कामकाजका साथै कृषि पेशा उत्तम भएको भन्दै अभिभावकहरुलाई आ आफ्ना वालवालिकाहरुलाई कृषि पेशामा लगाउन अनुरोध गरिएको छ ।आफु पनि कृषि पेशामा लाग्ने र अरुलाई पनि कृषि पेशामा लाग्न भनिएको छ ।

आन्तरिक व्यवस्थापन तथा भौतिक संरचनाहरुको निर्माणका लागि विद्यालय लागेको विद्यालय व्यवस्थापन समितका अध्यक्ष बर्म ऐडीले बताउनु भएको छ ।

ज्ञानेदय माविका शिक्षक जय सेजुवालले नतिजा प्रकाशन भइृसकेको विद्यालयमा पुराना किताब अध्ययन गर्न आग्रह गर्नु पर्ने सझुाव दिनु भएको छ । मौषम अनुसार कृषि पेशामा ग्रामिण क्षेत्रमा बाल वालिकाहरु लागि रहने भएकाले पढाईमा जोड दिनु पर्ने स्थानिय अभिभावकहरुले आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित