कर्नालिका हिमालि जिल्लामा चिसो बढेसंगै बाक्लो कपडाको माग

7
SHARES
15
VIEWS

हुम्ला । पछिल्लो समय मौषम परिवर्तन संगै चिसो बढ्न थालेपछि कर्नालिका हिमालि जिल्लाहरुमा बाक्लो कपडाको माग हुन थालेको छ । साविकका कर्नालि अंञ्चलका मुगु,हुम्ला,जुम्ला डोल्पा र कालीकोटमा चिासो बढे संगै समुदायमा बाक्लो कपडाको माग भएको हो ।

त्यसै मध्ये हुम्लामा  असिना पानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने यहाँको तापक्रम माइनसमा झरेको छ ।

चिसौ मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीय राजबहादुर भण्डारीले बताए । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेको स्थानीय भण्डारीले बताए ।

चिसोका समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडा खपत हुने गरेको छ ।

सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको सङ्ख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको चाप बढ्दै गएको महसुस गरिएको यहाँ बासिन्दाले गरेका छन् ।

चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । एक भारी दाउराको मूल्य सदरमुकाममा रु एक हजारसम्म पर्ने गरेको छ । चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित