प्रचण्ड भन्छन्– नेकपा फुटेर पूर्वएमाले र पूर्वमाओवादी बन्दैन

7
SHARES
15
VIEWS

काठमाडों। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा फुटेर पूर्वएमाले र पूर्वमाओवादी केन्द्र नबन्ने बताएका छन् ।

पार्टीभित्र विधि, विधान तथा पद्धति मान्ने र नमान्नेबीचको संघर्ष उत्कर्षमा पुगे पनि तत्काल पार्टीभित्र फुटको अवस्था नआउने र आइहालेमा नेकपा फुटेर पूर्वएमाले र पूर्व माओवादी केन्द्र नबन्ने उनको भनाइ छ ।

आफूहरुमाथि धेरै अन्याय भइसकेकाले थप अन्याय सहन नसकिने बताउँदै उनले पार्टी ध्रुबीकरणको दिशामा अगाडि बढेको संकेत गरेका छन् ।

बुधबार तिहारको शुभकामना दिन प्रचण्डनिवास पुगेका विद्यार्थी, मजदूर र युवा संगठनहरुका प्रतिनिधिहरुसँग कुरा गर्दै प्रचण्डले पार्टीभित्र कुनै पनि खालको पद वा प्रतिष्ठाका लागि नभइ विधि, विधान र पद्धतिका विषयमा संघर्ष चलिरहेको स्पष्ट पारे ।

उनले संगठनका प्रतिनिधिहरुसँग भनेका छन्, ‘धेरै अन्याय सहेर बस्न सकिँदैन । पार्टीमा अब ध्रुबीकरण हुन्छ । पार्टीको विधान, विधि पद्धति मान्ने र नमान्नेबीचको लडाइँ हो, अब । कुनै पद र प्रतिष्ठाको लडाइँ होइन ।’

आफूहरुमा धैर्यता टुट्न लागेको बताउँदै प्रचण्डले आफूहरुले अहिले बैठकको माग गरेको र अध्यक्ष ओलीले सहमति नजनाए सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएर पार्टीलाई अगाडि बढाइने पनि बताएका छन् ।

पार्टी नेता र बैठकहरुको निर्णय पालना नगर्नु ओलीको ठूलो गल्ती भएको प्रचण्डको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित