सपुतहरुको रगतले जन्माएको नेकपा फुट्नदिनु हुन्न — पुर्ब सांसद बिष्ट

7
SHARES
15
VIEWS

नेकपाको इतिहास मैले मात्र न बुझेको हु कि सबै तहका नेकपाका नेता कर्यकर्ताहरुले पनि न बुझेका हुन् !! नेकपाको दोस्रो महाधिवेशन पछि तत्कालीन केन्द्रिय कमिटिका सदस्यहरु क पुष्पलाल , क मोहन बिक्रम सिंह , क मनमोहन अधिकारी , केशर जंग रायमाझीहरु बीच सैद्धान्तिक , बैचारिक विवादका कारण नेकपा बिभाजन हुँदा !

पातलोमसाल , चौम ,मक्सबादी समुह , अमात्य समुह , बर्मा समुह , मोटो मसला समुह , ने म कि संगठन , सर्बहारा  श्रमिक संगठनका आदि इत्यादी नेकपा नामका च्याउ उमृय जस्तै कम्युनिस्ट पार्टिहरुको जन्म भयो र नै नेपाल कम्युनिस्ट पार्टीको कम्युनिस्ट आन्दोलन झनै कम्जोर हुँदै गयो र सात दसक सम्म नेपाली जनताले , जनताका सपूत छोरा , छोरीहरुले जिवनको उत्सर्ग गर्नु पर्यो !! हाम्रा सस्थापक अग्रजहरु त हामी माझ हुनु हुन्न !! तर केही ५५/६० बर्ष देखी नेकपाको राजनैतिक जिबन भोगी रहनु भयका वृद्ध नेता अग्रजहरु त अझै हुनु हुन्छ ! उहाहरुले हालको यो उचाइमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) लाई र यो पार्टीको सरकारलाइ एउटै नीति , सिद्धान्त , प्रक्रियामा आबद्ध गराइ बाकि कार्यकाल सम्म सफलताको साथ अगाडी बढन कस्ले रोक्यो ?

विवादको अन्तिम चुरो जन सामक्ष किन आउदैन ? पार्टी र सरकार बिचको विवादका बिषयहरु र नेताहरु र नेताहरु बीचका विवादका बिषाय जन समक्ष सस्थायी कमिटी , केन्द्रीय कमिटीले व्यापक छल फल गरि नेपाल र नेपाली जनतालाइ सस्थागत निर्णय गरि सूशिचित किन गर्दैन ? कस्कको कारणले यस्तो अबस्था आयो जनतालाई जानकारि गराउनु पर्छ ।

पार्टी फुट्नु , फुटाउनु हुन्न फुटाउन खोज्नेहरुको वा कस्को कारणले पार्टी फुटको संघारमा पुयाइदै छ सो कुरा पनि आम जनतालाई पुर्ब जानकारी हुनु पर्छ !! सिङ्गो पार्टी पङ्ति सहि वा ठोस बैज्ञानिक ढंगको निर्णयमा पुग्ने छ !पार्टी टुट फुट हुन दिनु हुदैन ! यस्तो तितो निर्णयमा नेतृत्व पुग्ने छैन भन्ने दृढ़ आशा , भरोसा सबैले राखौं !!

# लेखक पूर्व सांसद एवंम नेकपा कर्नालि प्रदेश कमिटि सदस्य हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित