डोल्पामा प्रशासनद्वारा विद्यालय बन्द गर्न निर्देशन

7
SHARES
15
VIEWS

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ

जिल्लाका स्थानीय तहले सरकारको निर्देशन विपरीत विद्यालय खुलाएका छन् । कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफू खुशी विद्यालय चलाएको प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ । निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको छ ।

कोरोनाको महामारीबाट जिल्लालाई सुरक्षित राख्नु स्थानीय प्रशासन, स्थानीय सरकारलगायत सम्पूर्ण सरोकारवालाको कर्तव्य भएको प्रजिअ सुरेश सुनारले बताए । “विद्यालय खोल्न सङ्घीय सरकारको निर्देशन छैन्, हाम्रो मौखिक निर्देशन स्थानीय तहले अवज्ञा गरे, अब लिखित निर्देशन नै दिन्छौँ, यतिगरी अटेर गरे भने कारबाही गर्छौं”, प्रजिअ सुनारले भने ।

“लामो समयदेखि बालबालिकाको पठनपाठन ठप्प भएको छ, तर पनि अहिलेको अवस्था भीडभाड नगर्ने नै छ, बरु सुरक्षा सतर्कता अपनाउँदै वैकल्पिक पद्धति अपनाएर शिक्षा प्रदान गर्न सकिन्छ”, उनले अघि भने, “जिल्लामा उपलब्ध रेडियो, इन्टरनेट प्रयोग गर्नाका साथै टोलटोलमा शिक्षक परिचालन गरेर पछि शिक्षा प्रदान गर्न सकिन्छ, विद्यालय खोलेरमात्र पढाइ हुन्छ भन्ने भ्रम त्याग्नुपर्छ ।”

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बाँड्दै गएकाले औपचारिक रुपमा विद्यालय खुलाउन सङ्घीय सरकारले निर्देशन नभएकाले खुलाइएका विद्यालय तत्काल बन्द गर्नुपर्ने प्रशासनको भनाइ छ ।

आइतबार सदरमुकाम दुनैमा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले स्थानीय तहले खुलाएका विद्यालय तत्काल बन्द गर्न लिखित पत्राचार गर्ने निर्णय गरेको सहायक प्रजिअ लक्ष्मीदेवी शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित