श्रीमतीको पुत्ला बनाएर दाह संस्कार, छोराले दिए दाग वत्ति

7
SHARES
15
VIEWS

भारतमा श्रीमती प्रेमीसँग भाँगेको भन्दै एक जनाले श्रीमतीको पुत्ला बनाएर अन्तिम संस्कार गरेका छन् । भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरे । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए ।

राजिवले अब उनका लागि उनकी श्रीमतीको निधन भइसकेको छ । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग घरबाट भागिन् ।’ श्रीमानको आरोप अनुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् ।

चकलेट खान मन नपराउने को होलान र ? चकलेटको स्वादले जो कोहीलाई लोभ्याउने गर्दछ । बजारमा विभन्न स्वाद र रंगमा चकलेट पाइन्छ । चकलेटको गुणस्तर र परिमाण अनुसार त्यसको मूल्य निर्धारण गरिएको हुन्छ । साधारणतया एक चकलेटको मुल्य एक रुपैयाँदेखि २–४ सयसम्म पर्छ होला भन्ने अनुमान गर्न सकिन्छ । तर, एउटै चकलेटको मूल्य डेढ लाखभन्दा बढी पर्छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । भारतको चर्चित आइटीसी कम्पनीले बनाएको चकलेटको मुल्य सुन्दा होस् उडाउने खालको छ ।

भारतको चकलेट उत्पादक कम्पनी आइटीसीले तयार पारेको चकलेट विश्वकै सबैभन्दा महंगो चकलेटका रुपमा रहेको कम्पनीले जनाएको छ । यो चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैया पर्दछ । जस अनुसार एक डब्बा चकलेटलाई मात्र भारु १ लाख अर्थात नेपाली १ लाख ६० हजार पर्ने गर्छ ।

उक्त चकलेटको नाम ट्रिनिटी–ट्रफल्स एक्स्ट्राअर्डिनेयर राखिएको छ । यो चकलेटले विश्वको सबैभन्दा महंगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन समेत सफल भएको छ । दुनियाको सबैभन्दा महंगो साबित ट्रिनिटी चकलेटलाई फ्रान्सका शेफ फिलिप कन्टिसिनी र फेबेलका मास्टर चकलेटियरले बनाएका हुन् ।

एक डब्बामा १५ ग्राम वजनका १५ वटा नै हुन्छन् । ३ प्रकारको स्वादमा तयार पारिएको ट्रिनिटी चकलेट टाहिटियन भेनिल्ला बिन्ससंगै टोस्टेड कोकोनट गार्निस, घाना डार्क चकलेट र जमैका ब्लू माउन्टेन कफीको मिश्रणमा बनाइएको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित