कालीकोटमा बहकर प्रति आकर्षण घट्दै

7
SHARES
15
VIEWS

कालीकोट/बैशाख,जिल्लामा कुनै जमानामा ढुवानिका साधनको रुपमा लिंदै आएको बहकर(भेडा तथा बोका)को प्रयोग पछिल्लो समयमा घट्दै गएको छ ।
कालीकोट जिल्लाका ग्रामिण क्षेत्रमा पालन गर्दै आएका भेडा तथा बाख्राहरुलाई हिंउदको समयमा चामल,नुन लगाएतका सामाग्रि ढुवानिका लागि प्रयोग हुंदै आएपनि पछिल्लो समयमा छोटो दुरी भएपछि मानिसहरुले आफै बोक्ने तथा खच्चरहरुबाट सामान बोकाउन थाले पछि प्रयोग हुने क्रम घटेको हो ।त्यति मात्र नभई पछिल्लो समयमा बुढापाकाहरुले गर्दै आएको भेडा,बाख्रा पालन भन्दा पनि विदेश तिर युवाहरु जान थाले पछि लोकप्रियता घट्दै गएको हो।
२० वर्ष अघि देखि बाख्रा पालन गर्दै आएका नानिकोट २ तोलिभिडका रंगरुप संज्यालले आफुले बाजेको पाला देखि बाख्रा पालन गर्दै आएकाले अहिले सम्म जारी राखेको बताएका छन । उनले भने अहिले आवश्याक परेको समयमा चामल,नुन बोक्नमा प्रयोग गर्दै आएको बताएका छन । उनका अनुसार पहिले कैलाली,बर्दियाको राजापुर लगाएतका ठांउमा महिनौ लगाएर चामल तथा नुन ल्याएको स्मरण गर्दै अहिल त बहकर(बोकाबाट ढुवानि) कमै हुने गरेको बताएका छन ।
कालीकोट जिल्लाको धौलागोहका हर्ष भण्डारीले मानिसले बोक्ने भारी भन्दा बोकाबाट ढुवानि गर्दा सहज हुने भएकाले अहिले हिंउदको समयमा भारी बोक्नका लागि बहकर(खसि बोकाको माध्यमबाट)ढुवानि गर्ने गरको बताउदै उहिले टाढाको दुरीमा असहज हुंदा आफुहरुको प्रमुख ढुवानिको साधन बहकर नै भएको बताएका छन ।यातायातको साधन आएपछि बाख्रा पालन मार्फत ढुवानि गर्न छोडिएको बताए ।

जिल्लाका दुर्गम गांउमा अत्याधिक मात्रामा पालन गर्दै आएको भएपनि बनजंगल दिनानु दिन नासिदै गएपछि भेडा तथा बाख्रा पालन गर्न कठिनाई भएको कृषकहरुले बताएका छन । गएको ४० वर्ष अघि देखि भेडा पालन गर्दै आएका प्रेम महताराले कालीकोट जिल्लामा हिंउदको समयमा पालनका लागि बन नहुंदा अछामको हिच्मा,ढकारी,बलांता लगाएतका ठांउमा प्रति भेडाको दुई सयका दरले कर तिरेर चरिचरन गर्दै आएका बताएका छन ।
कालीकोटका अधिकांस कृषकहरुले हिंउदको समयमा भेडा तथा बाख्राहरु अछामका तल्लो क्षेत्रमा चरिचरनका लागि लिने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित