हिमचुलिको कुमालगाउँ र जारकोटमा समिक्षा गोष्ठि

7
SHARES
15
VIEWS

कालीकोट । सहकारीका क्षेत्रमा छवि कायम गरेको कालीकोट जिल्लाको सबै भन्दा ठुलो र व्यवसायिक हिमचुलि कृषि सहकारी संस्था लि.को कुमालगाउँ र जारकोट सेवा कार्यालयको प्रथम चौमासिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।

एकै साथ जिल्लाका ९ वटै सेवा कार्यालयमा चालु आर्थिक वर्षको पहिलो चौमासिक समिक्षा गोष्ठि गर्दै आएको संस्थाले जनाएको छ । सेवा कार्यालय कुमालगाउँमा संस्थाका उपाध्यक्ष देवनारायाण संज्यालको उपस्थिति र पचाभलझरनाको जारकोट सेवा कार्यालयमा संस्थाका संचालक समिति सदस्य दमिला शाहीको उपस्थितिमा गोष्ठि गरिएको बताइएको छ ।

जारकोट सेवा कार्यालयका व्यवस्थापक गोगन मल्लले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गरेका गतिविधिहरु सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कुमालगाउँ सेवा कार्यालय व्यवस्थापक कृष्ण प्रसाद बरालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका कर्जा विभाग प्रमुख सिंह बहादुर शाहीले जारकोटमा संस्थाको आज सम्मको सफलता र भावि दिनमा सेवा कार्यालयले खेल्नु पर्ने भुमिकाका विषयमा केन्द्र प्रमुखहरुलाई प्रशिक्षण दिएको बताइएको छ ।

संस्थाले यस अघि रास्कोट,मेहलमुडी,गाल्जे सेवा कार्यालयमा गोष्ठि गरेको र आगमी पौष पहिलो साता संस्थाको १२ औं वार्षिक साधारण सभाका लागि प्रतिनिधि छनोट समेत गरेको मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छन ।

हिमचुलि कृषि सहकारी संस्थाका जिल्ला भर ९ वटा सेवा कार्यालय,२७ करोड कर्जा प्रवाह,साढे ४ करोड शेयर संकलन तथा ११ करोड बचत संकलन गर्दै कृषि उद्यम,व्यवसाय लगाएतमा कर्जा प्रवाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित