पचालझरनामा छुवाछुत सम्बन्धि अभिमुखिकरण गोष्ठि

7
SHARES
15
VIEWS

कालीकोट ।  पचालझरनाको धमालिमा भएको एक कार्यक्रमका सहभागिले मान्छेले गरेको छुवाछुत देवतामा समेत छुवाछुत अनौठो भएको बताएका छन । पचालझरना गाउँपालिकाका दलित संजाल सचिव नर बहादुर विकले छुवाछुत क्रमस अन्त हुनु पर्छ भन्ने आफुहरुको मान्यता भएपनि देवताले समेत छुवाछुत गरेकामा आपत्ति जनाएका छन ।

दलित र गैरदलितहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षक तथा पंण्डित मुनिचन्द्र उपाध्यायले लंैगिक विभेदमा बाल विवहा,छाउपडि,घरेलु हिसा, दुव्र्यसनि, छुवाछूत, यौन हिसा सम्बन्धि समुदायलाई स्पष्ट पार्नु भएको बताइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि रहेको उपाध्यायले छुवाछुत सम्बन्धि रुकुमको घटना र छाउपडि सम्बन्धि अछामको घटनाले स्पष्ट पारेको बताउदै आधुनिक जमानामा आधुनिक भएर अघि बढ्नु पर्नेमा जोड दिनु भएको हो ।

कार्यक्रममा पचालझरना गाउँ पालिका वडा न. २का वडा अध्यक्ष करविर विकले राजा महेन्द्रका कार्यकाल देखि मानव मानव विच छुवाछुत भएकाले पछिल्लो समयमा क्रम कम हुंदै गएको बताउनु भएको छ ।

स्थानिय अभिभावक हर्ष कठायतले छुवाछुतका बारेमा स्पष्ट पार्दै आफुहरुको भलाईका लागि उहिले बनाइएको कानुन भएकाले यसको अन्त गर्नु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमा ६५ जनाको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित