नेकपाले आजको आन्दोलनमा दुई सय स्वयंम सेवक खटाउने

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले घोषणा गरेको केन्द्रिय संघर्षका कार्यक्रममा कालीकोटमा हुने जनप्रदर्शनका लागि २ सय जना स्वयंमसेवक खटाउने भएको छ ।

प्रदर्शनका लागि जिल्लाका स्थानियबाट समुदायहरुको उपस्थितिमा भव्य प्रदर्शनको तयारी गरिएको छ । सबै ठाउँबाट यातायातको व्यवस्थापन गरिएको छ  ।

जिल्ला सदरमुकाममा आन्दोलनको लागि नेताहरुको विभाजन गरिएको र सोही अनुसार दिउसो बजार परिक्रमा सहित जनसभामा परिणत हुने र उक्त जनसभालाई नेकपाको केन्द्य्रिय सदस्य तथा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा(प्रचण्ड माधव) समुहका जिल्ला अध्यक्ष धनजित शाहीले बताउनु भएको छ ।

वहाँका अनुसार प्रदर्शनको कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि युवा संगठन र अनेरास्ववियुलाई जिम्मेवारी दिएको बताउनु भएको छ । आन्दोलनका लागि सोमबार सांझ सदरमुकाम मान्ममा युवा विद्यार्थिहरुले मसाल जुलुस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित