उसको के दोष थियो ? धिरेन्द्र उपाध्यय

7
SHARES
15
VIEWS

जेलका चारपर्खाल भित्र बन्दी बनाउँनु पर्ने
हिरासतको बन्द कोठामा देशभरी डुलाउनु पर्ने
मानसिक र भौतिक यातनाको सिकार बनाउँनु पर्ने
आखाँमा कालो पट्टी नै बाँधेर यात्रा गराउनु पर्ने
उसको के दोष थियो ?
न त उसले
भ्रष्टाचार गरेर अकुत सम्पति कमाएकी थिई
न त उसले बलात्कार गरेर महिलाको जीवन चौपट्ट पारेकी थिई
न त उसले सरकारी जग्गा आफ्नो नाममा सारेकी थिई
न त उसले ब्यभिचार गरी नैतिकता र इमान गुमाएकी थिई
उसको के दोष छ ?
उसको अभिव्यक्ति स्वतन्त्रता नै हनन् भएको छ
संविधानले दिएको अधिकार खोसिएको छ
मुखमा ताला लगाएको छ
हातमा हत्कडी लगाएको छ
उसको के दोष छ ?
मात्र उसले गरेकी थिई
अन्याय र अत्याचारका विरुद्ध आगो ओकेलिकी थिई
राष्ट्रघात र जनघातका विरुद्ध बम बनेकी थिई
असमानताका विरुद्ध संघर्ष गरेकी थिई
महिला अधिकारको पक्षमा आवाज उठाएकी थिई
बेरोजगारी विरुद्ध बोलेकी थिई
यिनै अन्यायको आवाज बुलन्द गर्दा
आखाँ भएका अन्धाहरुले
कान भएका बैह्राहरुले
दिमाग भएका अर्ध पागलहरुले
साम्राज्यवादका दलालहरुले
फासीवादी दमनको सिकार बनाएका छन्
उसको के दोष थियो ?
उसले न्यायिक फैसलाका लागि जनतालाई सम्झेकी छ
राष्ट्रवादी, बुद्धिजीवी मानवअधिकारवादीलाई नियालेकी छ
राष्ट्रवादी सेना र पुलिसलाई प्रश्न गरेकी छ
न्यायालयलाई कुरिरहेकी छ
एउटा समाजवादी नारीमाथि दमन हुँदा
निस्वार्थ फैसलाका लागि सबै गुहारेकी छ
उसको के दोष थियो ?
बरु उसले बोलेकी थिई
मातृभूमिको रक्षा गर्न लिपुलेक जाऔँ
कुरीति कुसंस्कारको अन्त्य गरौँ
गरिब र अभावले तड्पिएका जनताको शासन ल्याउँ
सत्यको पक्ष लिँदा अत्याचारको सिकार हुनु
के दोष थियो ?
गणतान्त्रिक न्यायालयको तराजु कता ढल्किन्छ ?
हेर्न बाँकी छ !

लेखक नेत्री बिप्लव नेतृत्वको नेकपाको अखिल नेपाल महिला संघ (क्रा) का केन्द्रिय महासचिव हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित