कालीकोटमा भुकम्प दिवसमा जे देखियो (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । देशभर भुकम्प दिवस मनाइ रहदा कालीकोटमा भने भिन्न ढङ्गले मनाइएको छ । २३ औ भुकम्प दिवसका अवसरमा भुकम्पका क्रममा आउने बिपदलाइ सामना गर्न र भुकम्पले निम्त्याउने कठिनाइलाइ हल गर्नका लागि डेमो प्रस्तुत गरिएको थियो ।

डेमो प्रस्तुति गर्दै रेडक्रस सोसाइटी कालीकोट शाखाका अध्यक्ष बल प्रसाद सन्ज्यालले सहजीकरण गर्नु भएको थियो ।  सदरमुकाम मान्मको प्रतिमाचोकमा गरिएको डेमो प्रदर्शनमा नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगाएतको उपस्थिति रहेको थियो । 

सदरमुकाम मान्म बजार मा प्रभात फेरि गर्दै जिल्ला समन्वय समिती कालीकोटको हलमा बिपद सम्बन्धि कार्यक्रममा सरोकारवालाहरुको उपस्थितिमा मन्तब्य राख्ने सबै बिपदमा सजकता अपनाउनु पर्नेमा जोड दिएका छ ।

बुहप्रकोपीय विपदमा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा भन्ने मुलनाराका साथ जिल्ला विपद व्यवस्थापन समिति कालीकोटको आयोजनामा शुरु भएको कार्यक्रममा खाडाचक्र नगर पालिका प्रमुख,प्रमुख जिल्ला अधिकारी लगाएत राजनैतिक दलका प्रमुखहरुको उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित