कमलराज विष्ट(बहुविर)को शहादत कसरी भयो ?

7
SHARES
15
VIEWS

कालीकोट । नाम नै काफि छ जुन नामले धेरै विरहरुको सार रुप नै बहुविर हो । तत्कालिन नेकपा(माओवादी)ले थालेको जनयुद्धका क्रममा जनमुक्ति सेना नेपालका विग्रडिएर कमलराज विष्टको जन्म २०३४ साल कात्तिक ४ गतेका दिन कालीकोटको जिल्लाको लालु गाविसको वडा न. ९ माधसपाटामा बुवा प्रतापििसंह विष्ट र आमा बांकीदेवि विष्टको कोखबाट जन्मभएको हो ।

१४ वर्षको उमेरमा विवाह बन्धनमा बाधिंएका विष्टको पहिलो विवाह सम्बन्ध विच्छेद भएर २०५९ सालमा सैन्य क्षेत्रमा कार्यरत विना संग पुन विवाह भएको थियो । वहाँका हाल एक छोरा र एक छोरी रहेकी छन ।फौजि क्षेत्रमा निकै शाहसिक तथा इमान्दार, मेहनितिका साथै खेलकुदका लागि निकै प्रखर मानिएका थिए । समाजमा रहेको विसंगति,विकृति र अन्याय अत्याचारबाट पिडित शहिद बहुविर निकै ज्यादै आक्रोसित हुनुहन्थ्यो ।

२०४७ सालमा नेमकिपा मा आस्थावान हुंदै राजनैतिक जिवन शुरु भएको विष्टले समाज परिर्वतन नदेखे पछि २०५३ सालमा अनेरास्ववियु(क्रा) इकाइ कमिटिमा आवद्ध हुंदै २०५५ सालमा पार्टी सदस्य भइ असारमा किलो सेरा टु अप्रेसनका क्रमा उनि पूर्णकालिन भएर लाग्नु भएको थियो । २०५६ सालमा स्क्वायड सहयाक कमाण्डर,असोजमा शहिद भुकम्प छापामार दलका कमाण्डर,पार्टी हैसिउत कर्नालि उपक्षेत्रिय व्युरो अन्तरगत पहिलो प्लाटुन सदस्य,२०५६मा ४ नम्बर प्लाटुन सेक्सन सह कमाण्डर,२०५८ सालमा ८ नम्बरका प्लाटुन कमाण्डर,फागुनमा कम्पनि सहकमाण्डर हुनु भएको थियो ।

उच्च शाहसिक कदमका कारण शहिद बहुविरको कांधमा जिम्मेवारी थपिने क्रम जारी रहेको थियो । त्यसको केही समय पछि २०५९ सालमा कम्पनि कमाण्डर हुंदै पौषमा बटालिएन कमाण्डर र सेति महाकालि क्षेत्रिय व्युरो सदस्यको समेत जिम्मेवारी पुरा गर्दै आउनु भएका बहुविर २०६० असोजमा विग्रेड सहकमाण्डर भएर साना दुई दर्जन बढि ठुला सैन्य मोर्चाका भाग लिनु भएको थियो ।

शहिद बहुविरले कालीकोटको सान्निघाट,पादमघाट, कोटवाडा, डोटीको विपिनगर, केराबारी, डढेल्धुराको हगुल्टे मोर्चा,जुम्लाको रारालिही,,अछामको विनायक,दैलेखको नौमुले, डोल्पाको दुनै, कैलालिको लालबोझि, दांगको सतबरिया, घोराही, दैलेखको नौमुले, जाजरकोटको पांचकटिया, बांकेको कुशुम, मंगलसैन,रोल्पाको लिस्ने,गाम,सल्यानको कपुरकोट दामाचौर,रुकुमको खारा,जुम्लाको खलंगा,अर्घाखाचिको सन्दिखर्कमा पहिलो एसाल्टमा लड्नु भएको थियो ।

बहुविरको २०६० सालको चैत्र७ गते बेनि सदरमुकामको बेनिमा सैन्य मोर्चामा अन्तिम रेड भएको थियो ।
बेनिमा आक्रमणको क्रममा पहिलो पल्ट गोलि लाग्दा बहुविरले गोलिको प्रवाह नगरी टोलिलाई निर्देशन दिदै आफु मरेपनि दुश्मनको सामु घंडा नटेकेर कडा प्रतिरोध गर्दै लड्न अनुरोध गर्नु भएको थियो । वहाँ लगाएत हजारौं ले बगाएको रगतको कारण नेपालमा आएको संघियताले केन्द्रको सरकार गाउँमा आएको छ ।

बुहविर जस्ता शाहसिक जन्माउने ५ नम्बर क्षेत्र हालको नरहरिनाथ गाउँ पालिकामा सयौंको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित