अनेरास्ववियुको बृहत भेलामा विद्यार्थीले केपि तेरा पाराले,दुख पाए साराले नारा घन्किए पछि ….

7
SHARES
15
VIEWS

कालीकोट । अनेरास्ववियु कालिकोटको जिल्ला भेलामा बोल्ने बक्ताहरुले केपि ओलिको कदमको चर्को बिरोध गरेका छ्न ।

जिल्ला सदरमुकाम मान्ममा शनिबार  र्यालि सहित भएको जिल्ला भेलामा अहिलेको अवस्थामा केपिले चालेको कदम असम्बैधानिक भएको र त्यस्को जवाफ कानुनले दिने बताउदै विद्यार्थीहरुले निरन्तर आन्दोलन गर्नु पर्नेमा जोड दिएका छन ।

अनेरास्ववियु का केन्द्रिय सचिब अमरजङ्ग शाहिको प्रमुख आतिथ्यता तथा कालीकोटका संयोजक मनसिङ्ह शाहिको अध्यतामा भएको कार्यक्रममा अनेरास्ववियु का केन्द्रिय सदस्य भिम प्रसाद आचार्य, तृसना हमाल, शुभकालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईं, रास्कोट नगर कमिटी अध्यक्ष धर्मराज शाही लगाएतका नेताहरुले भेलाले सक्षम नेतृत्व चयन गर्ने छ भन्दै शुभकामना दिएका थिए ।

त्यसै गरि भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा कालीकोटका अध्यक्ष धन्जित शाही, कर्नाली प्रदेश सभाका माननीय कुर्मराज शाही, प्रतिनिधि शभाका सदस्य माननीय दुर्ग बहादुर रावत, कर्नालिका मुख्यमन्त्री का स्वकीय सचिब खेम सिंह लगाएतका नेताहरुले बोल्ने क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित