महासंघलाई भवन प्रयोगमा ल्याउन पत्रकारहरुको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल पत्रकार महासंघ कालीकोट शाखाको १३ औं वार्षिक साधारण सभाको बन्द शत्रमा पत्रकारहरुले आफैले निर्माण गरेको भवनको प्रयोग नगरेकोमा आपत्ति जनाएका छन ।

१३ वार्षिक साधारण सभाका लागि केन्द्रबाट खटाइएका प्रतिनिधि पवित्र कुमार शाहीको उपस्थितिमा भएको बन्द शत्रमा महासंघको यस अवधि सम्म हालको नेतृत्वले प्रयोग गर्नमा चासो नदिएको प्रति पत्रकारहरुले विरोध जनाएका छन ।

पत्रकार महासंघ कालीकोट शाखाका अध्यक्ष तुलाराम पाण्डेले भवन भित्र चाहिने भौतिक संरचनाहरु नभएका कारण प्रयोगमा ल्याउन नसकेको बताउनु भएको छ । कर्नालि प्रदेश सरकारलाई २२ लाख बढिको लागत स्टामेट गरेर पठाइएको बताइएको छ ।

बन्द शत्रमा कालीकोट शाखाका सचिव खडानन्द चौलागाई द्धारा प्रस्तुत प्रतिवेदन र कोषाध्यक्ष लंक धमालाको आर्थिक प्रतिवेदन आवश्यक सुझाव सहित पारित गरेको छ । प्रतिवेदनमा पछिल्लो समयमा पत्रकार महासंघका साधारण सदस्यहरुलाई शुद्धिकरण गर्दै ८६ जनामा ५२ जना सदस्य मात्र रहेको र ३८ जना नयां सदस्यका लागि सिफारिस गरिएको बताइएको छ ।

हाल कालीकोटमा ५ वटा एफ एम,१ दैनिक पत्रिका र २ वटा साप्ताहिक पत्रिका र ७ भन्दा बढि अनलाइन संचालन भएको उल्लेख गरिएको छ साथै प्रतिवेदनमा भवनलाई मर्मत सम्भारका लागि कर्नालि प्रदेश सरकारलाई अनुरोध सहित बजेट व्यवस्थापनका लागि पठाइएको उल्लेख गरिएको छ ।

कालीकोट जिल्लामा पछिल्लो समयमा पत्रकारहरुका असुरक्षा हुन थालेकामा पत्रकारहरुले महासंघले जिम्मेवार पूर्वक लाग्न अनुरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित