नेकपाको आमहड्तालले कालीकोट बजार सुनसान

7
SHARES
15
VIEWS

कालीकोट । केपि ओलिको असंबैधानिक कदमका विरुद्ध नेकपा प्रचण्ड माधव पक्षले गरेको देशव्यापि आमहड्तालमा कालीकोट बजार सुनसान भएको छ ।

विहान पख केही स्थानमा पसल खुला देखिएको भएपनि आन्दोलनकारीले बन्द सफलका लागि आग्रह गरे संगै कालीकोटको मान्म बजार सुनसान भएको छ ।केन्द्रिय संघर्षको कार्यक्रम अन्तरगत आम हड्ताललाई सफल पार्नका लागि नेकपा कालीकोटले सबैलाई विज्ञप्ति मार्फत अनुरोध गरेको थियो ।

आमहड्ताललाई सहयोग पुगाउन भन्दै कर्नालि प्रदेश सभाका सांसद कुर्मराज शाही,महिला नेतृ यशोदा न्यौपाने, युवा तथा विद्यार्थि नेताहरुले बजारमा खुला गर्न खोज्ने व्यवसायिहरुलाई हार्दिकता पूर्व बन्द सफल पार्न अनुरोध गरेका हुन ।

आन्दोलनका कारण बल प्रयोग गर्ने अवस्था नहुन दिन र केपि ओलिले देश बर्वादा तिर लैजाने खोजेकाले त्यस कदमको विरुद्ध आम हड्ताल गर्न बाध्य हुनु परेको नेकपाका नेताहरुले बताएका छन ।

बन्द कर्ताले जिरो प्वइन्ट लगाएतका ठाउँमा टाएर बालेर विरोध जनाउदै बन्द सफल पार्न ठाउँ ठाउँमा टोलि खटिएको छ । यसका साथै रास्कोट नगरपालिका,तिलागुफा नगर पालिका लगाएतका क्षेत्रमा बन्दको प्रभाव परेको बताइएको छ । कालीकोट जिल्लामा यातायातका साधनका साथै बजार बन्द रहेको छ ।बन्दबाट धनजनको क्षति नपुगोस भनेर सुरक्षा व्यवस्था कडा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित