पचालझरनामा हड्ताल सफल पार्न अध्यक्ष सेजुवालको सहभागिता

7
SHARES
15
VIEWS

कालीकोट । केपि ओलिको प्रतिगमनका विरुद्ध देशभर भएको आन्दोलनका क्रममा पचालझरना गाउँ पालिका अन्तरगत कर्नालि करिडोरमा बन्द सफल पार्न अध्यक्ष खडगराज सेजुवाल सहितको टोलि सहभागि भएको छ ।

कर्नालि करिडोर अन्तरगत पचालझरना गाउँ पालिकाको नानिकोट खण्डमा यातायातका साधनहरु बन्द गर्न अध्यक्ष सहितको समुदायको सहभागितामा बन्द सफल भएको बताइएको छ । बन्दका क्रममा सहभागि सबैलाई धन्यवाद दिदै पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बन्द सफल पार्न लागि पर्नु हुने सबैलाई धन्यवाद दिनु भएको छ ।
जिल्ला सदरमुकाम मान्म बजारमा विभिन्न ठाउँमा टायर बालेर विरोध जनाउदै कर्नालि प्रदेश का सांसद कुर्मराज शाही लगाएतका नेकपाका नेताहरुको सहभागितामा आन्दोलन भएको थियो ।

त्यसै गरी कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले समेत सुर्खेतमा सहभागि भएर सम्बोधन गर्नु भएको छ । आज भएको बन्दका क्रममा कालीकोट जिल्लाका विभिन्न ठाउँमा बन्द सफल पार्न खटिएको सबैलाई धन्यवाद दिएका छन ।

बन्द पछि मान्म बजारको गणतान्त्रिक चोकमा कोण सभा गरी नेताहरुले बन्द पूर्ण सफल भएको र केपि ओलिले निरंकुश शैलिमा काम गर्दै गएमा अझै आन्दोलनको ज्वारभाटा उठ्ने बताइएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित