चुनौतीपुर्ण बर्तमान : संभावनायुक्त भबिश्य: रणदिप

7
SHARES
15
VIEWS

पृष्ठभुमि :

चुनौति र संभाव एक अर्काका परिपुरक हुन चुनौती बिना संभावना लाई चुम्न निकै कठिन हुने गर्दछ ।हरेक सफलताका अगाडि चुनौती नै चुनौतीका पर्खालहरु खडा हुन्छन् । जुनसुकै कामको सुरुवात चुनौतीकै बिचवाट हुने गर्दछ । कतिपय मानिसहरु चुनौतीको सामना गर्न असक्षम भएर सरल, सजिलो र सपार्टबाटो रोज्ने गर्दछन् ।

जस्ले क्रमभंग भन्दा निरन्तरता, परिबर्तन भन्दा यथास्थिती अझै भनौ अग्रगामी भन्दा प्रतिगामी बाटो अगाल्न पुग्दछन । हरेक पेशा एबं ब्याबसाय सफल र असफल हुने कुरा यसैले निर्धारण गर्दछ । बेदनायुक्त पिडाले मात्र आशापुर्ण भबिश्य को जन्म गराउछ । बेदनायुक्त पीडा लाई छिचोलेर आशापुर्ण भबिश्य लाई चुम्ने काम वीर शाहासी र निडरको हो भने चुनौती नै चुनौती मात्र देख्ने अन्तत: असंम्भव ठानेर पछी हट्ने काम कायर, कातर हरुको हो । यो कुनै मनोगत कुरा हैन ईतिहास सिद्द कुराहो ।

यतीमात्र हैन काँतरहरु सजिलै आत्म समीक्षा गरेर पछी हट्दैन बिरहरुको बलिदान त्याग को बाटो लाई आफ्ना काईते तर्कले अरुलाई समेत एकहद सम्म जतिसक्यो असंम्भव देखाउने गरि मुर्खतापुर्ण ढिपी गर्ने गर्दछ तर पछी उ  एक्लिएर नङ्गिएर सिद्दिन्छ । यो कुरा हरेक राजनितीक ब्याक्तित्वको जिबनी अध्यनगर्दा बुझ्न सकिन्छ जोजिबनी संग कायरहरुले भ-याङ लगाएरपनी पुग्ने छैन ।

त्यति ठूलो मुल्यवान जिवनी सरल सहज राजमार्गमा कुदेर पक्कै पनि भएको होईन पक्कै पनि चुनौती नै चुनौतीका पर्खालहरु छिचोलेर तयार भएको हो । सबै पेशामध्यको उत्कृष्ट पेशा राजनिती हो भन्ने मा कसैको दुईमत छैन तर राजनितीक भनेको नै जो कसैले गरिसक्ने पेशा पनि होईन किनकी यो बाटो कष्टपुर्ण चुनौती पुर्ण र निश्वार्थ हिड्ने बाटो हो ।

बर्तमानका चुनौतीको सामना नगरी त्यो संभवपनी हुदैन ।किनकि यहाँ निडर र कायर स्वाभिमानी र त्मसर्मपण, निस्वार्थी र स्वार्थी सहि र गलत परिश्रमी र धुर्तहरु बिचको संघर्ष चलिरहन्छ । यतिमात्र हैन जीवन रक्षा र बलिदानको बाटो रोजेको हुन्छ र यी दुई बिपरित हरुको बिच संघर्ष चलिरहन्छ र यसै संघर्ष ले भावी सफलता र असफलता निश्चित गरेको हुन्छ ।

१०४ बर्षिय राणा शासन ३० बर्षिय निरंकुश पंचायती ब्यबस्था २०४६ पछीको परिबर्तन र बहुदलिय संसदिय ब्बस्था र हालको संसदिय संघिय लोकतान्त्रिक गणतन्त्र सम्म पुग्दा विभिन्न चुनौतीको सामना बिना सम्भव भएको हैन ।यतीमात्रै नभएर सुचना प्रबिधि एबं बिज्ञानबिकासको बाटो सजिलो बाट संभव भएको होईन विभिन्न कठिनाई हरुको सामनाबाटमात्र यहाँ सम्म एको हो । निश्चयपनि यो कठिन तर सुन्दर बिकासको बाटो यहाँ सम्म आउदा अली प्रदुसित त भएको छनै तर पनि सफल भएको छ ।


दुनिया कठिन चुनौतीहरुको सामना गर्नतयार हुनेहो भने उन्नत ब्यबस्ता सहित सुन्दर चिज प्राप्त गर्न सफल हुनेमा दुईमत छैन । जस्ले प्रतिकुलता मात्रै देख्ने गर्दछ उस्ले दासत्व को जीवन बाहेक अरु रोज्दैन । समाजलाई प्रगति उन्नती को बाटो हैन गुलामी चाकरी को बाटो देखाउछ निडर शाहाशी हैन कायर, काँतर र आत्मसर्मपण कोबाटो देखाउछ ।


त्यो राष्टीय स्वाधिनताको रक्षा होस यात जनजिबिकाकै स्वाल होस या त्यो पार्टी आन्तरिक जिवनमा होस या बर्गसंघर्षमा लागू हुन्छ र देखिन्छ । दुख नगी सुबिधा को आकंक्षा राख्ने प्रबृती नै भ्रष्टचारी , कमिसनखोरी , र दलालीहरु जन्माउने प्रबृती हो बिधमान समाजमा यो प्रबृती निकै हावी छ जस्काकारण देशनै परिश्रमिक मेहेनती ईमान्दार राष्टप्रेमी स्वाभिमानी हैन अल्छी , कमिसनखोरी , दलाली , राष्टघाती हरु उत्पादन गर्ने थलो हुने त हैन भन्ने चिन्ता पनि छ यस्लाई बास्तबिक्ता र यर्थाथ मा बदल्नु हामी सबै को कर्तब्य हुन आउछ ।

आज भन्दा धेरै बर्ष अगाडि बिटिससाम्राज्यवादका बिरुद्द देश छोडेर अर्को देश लाई स्वाधिन बनाउन सक्ने वीर गोर्खालीको देश भनेर चिनिएको देश नेपाल आफ्नै देशका शाशकहरुको निरंकुशता सग लड्ने भन्दा गुलामी, चाकडी गरेर कुनैन कुनै गुटमा रमाउने देखियो यस्ले पनि संकेत गर्दछकी स्वाभिमानी नेपालीको कर्तब्यपुर्ण ईतिहासमा कतै न कत‌ै प्रश्न चिन्ह त उठेको त छैन ? पाठक बन्दुहरुको ध्यान जान जरुरी छ । चुनौती पुर्ण बर्तमान र संभावनायुक्त भबिश्य को बिस्तृत चर्चा विमर्श गर्न ठानेको छु ।

बिधमान समाजमा राजनिती दुई प्रकार ले गरिने र गरिदै आएको छ ।

१. शशस्त्र २ .शान्तिपुर्ण

१ शशस्त्र राजनिती बारे चर्चा गरौ प्राय लेखक केही बुद्दीजिबी मानवअधिकारकर्मी नागरिक समाज र केही पुराना राजनितीक दल समेत ले शशस्त्र राजनिती लाई गलत ढंगले अर्थ लगाउने गर्दछन ।यस्को अर्थ यो पनि लगाउदछनकी शशस्त्र बिद्रोह वा राजनिती चाहाना र ईक्छाको ठान्दछन भने अर्को तिर देश बिकास हैन बिनास गर्दछ भन्ने गर्दछन यो पुजिवादी रुझान वा प्रतिगामी तर्क हो ।

किनकी कहीँ कतै पनि शशस्त्र राजनितिले दृश बिगारेको छैन बरु शशस्त्र राजनिती बाट देश बनेका छन् । या त्यो पेरिस रुस चिन होस वा हाम्रै देश नेपाल किननहोस ।

बाहिर नजाउ राणा शासन का बिरुद्द लड्दा र प्रजातन्त्र प्राप्त गर्दा को राजनिती शशस्त्र थियो वा शान्तिपुर्ण जस्ले नेपाली जनतालाई राणा शाशनको चंगुल बाट मुक्त गरायो । त्यस्पछीका पटक पटक का साना ठुला शशस्त्र बिद्रोह र राजनिति ले पंचायतीकालरात्री बाट नेपाली जनताले मुक्त गरायो नेपाली जनताको ईतिहासमा सबै भन्दा ठूलो बहादुरी पुर्ण शशस्त्र बिद्रोह महान जनयुद्द जस्ले सयौ बर्ष सम्म जडागाडेर बसेको राजतन्त्र बाट नेपाली जनता लाई मुक्त गरायो र संघिय लोकतान्त्रीक गणतन्त्र संभव तुल्यायो मात्रै हैन नेपाली जनताको राजनितीक चेतना को स्तरबृदी पनि गरायो ।

के यो गलत हो ? गलत हो भने किन सर्बमान्य भयो तसर्त शशस्त्र बिद्रोहको राजनिती कसैको मनोगत चाहानाको राजनितीक भन्दापनी बस्तुस्थितिको परिणाम हुने गर्दछ ।

यो देशमा अत्यचारी निरंकुश, तानाशाहीहरु हावी भएको बेला आबश्यक पर्दछ र देशलाई त्यो शाशनबाट मुक्त गरेरै छाड्छ । २.शान्तीपुर्ण राजनिती बारे पनि आ आफ्नै बुझाईहरु छन । अहिले सम्मको नेपाली शान्तीपुर्ण राजनिती ले के कुराको पुष्ट्याईलगरेको छ देश जति बन्नु पर्नेहो बिकास हुनु पर्ने हो त्यसको बाधक शान्तिपुर्ण राजनिती हो ।

त्यस्को मतलब अशान्ती नै हुनु पर्छ भन्ने कदापी होईन शशस्त्र बिद्रोहबाट स्थापित एजेण्डा हरु शान्तिपुर्ण राजनितीमा गलतदढंगले परिभाषित र प्रोयोग हुदा र जसरी शशस्त्र राजनितिमा छदा जनता र नेतृत्व जनता प्रति उत्तरदायी हुन्थ्यो सान्तिपुर्ण राजनितिमा प्रबेश गर्दा सत्ता र कुर्चिको मोहले जनता भन्दा मालिक को सेवा गर्ने दलाली प्रबृती ले देश बिकास नहुने र शशस्त्र बिद्रोह जन्मिने गरेको ईतिहास छ । शान्तिपुर्ण राजनिती ले आत्मसमर्पण, दलाली चाकरी गलामी राष्टघाती बाटो अगाल्ने होईन भने शशस्त्र बिद्रोह जन्मिदैन मुख्यकारण यहीहो ।

२००७ साल जंग ब राणाको शान्तिपुर्ण राजनिती ले जन्माएको हो झापा बिद्रोह र ४६ साल निरंकुश पंचायती राजनिती ले जन्माएको हो २०५२ साल तत्कालिन एमाले , नेपाली काग्रेश र राप्रपा को शान्तिपुर्ण राजनिती ले जन्माएको हो र एकीकृत जनक्रान्ती केपी पिके र सेर ब देउवाको शान्ती पुर्ण राजनिती ले जन्माएको हो हिजो आजको परिस्थिती पनि यसैको परिणाम हो ।

हजारौको बलिदान लाखौ नेपालीको श्रम पसिना बाट बनेको दृश कुनै एक कलंक ले सिध्याउछ र बन्दुकको साहारा लिन्छ भने कसरी शान्तिपुर्ण राजनितीक ले देशको उन्ती प्रगती गर्दछ । यो यर्थाथ लाई किन नबुझ्ने वा बुझेर पनि किन दासी हुने बोल्नै पर्छ । अर्को तिर राजनितीक सेवा मुलक भन्दा पनि नाफामुलक हने गरेको छ कतिपयको खास चिन्तन भनेको राजनिती लाई ब्यपारको धन्दा गर्ने रहेको छ जस्ले उसैलाई नै सिध्याएको छ । तसर्थ सकिन्छ आन्दोलन बिद्रोहका एजेण्डा स्थापित गरौ ,लागू गरौ रसेवाभावका साथ राजनितिक गरौ देशको भलाई त्यसैमा छ ।

त्यस्कोमत्लब अशान्ती नै हुनु पर्छ भन्ने कदापी होईन शशस्त्र बिद्रोहबाट स्थापित एजेण्डा हरु शान्तिपुर्ण राजनितीमा गलतदढंगले परिभाषित र प्रोयोग हुदा र जसरी शशस्त्र राजनितिमा छदा जनता र नेतृत्व जनता प्रति उत्तरदायी हुन्थ्यो सान्तिपुर्ण राजनितिमा प्रबेश गर्दा सत्ता र कुर्चिको मोहले जनता भन्दा मालिक को सेवा गर्ने दलाली प्रबृती ले देश बिकास नहुने र शशस्त्र बिद्रोह जन्मिने गरेको ईतिहास छ । शान्तिपुर्ण राजनिती ले आत्मसमर्पण, दलाली चाकरी गलामी राष्टघाती बाटो अगाल्ने होईन भने शशस्त्र बिद्रोह जन्मिदैन मुख्यकारण यहीहो ।

२००७ साल जंग ब राणाको शान्तिपुर्ण राजनिती ले जन्माएको हो झापा बिद्रोह र ४६ साल निरंकुश पंचायती राजनिती ले जन्माएको हो २०५२ साल तत्कालिन एमाले , नेपाली काग्रेश र राप्रपा को शान्तिपुर्ण राजनिती ले जन्माएको हो र एकीकृत जनक्रान्ती केपी पिके र सेर ब देउवाको शान्ती पुर्ण राजनिती ले जन्माएको हो हिजो आजको परिस्थिती पनि यसैको परिणाम हो ।


     हजारौको बलिदान लाखौ नेपालीको श्रम पसिना बाट बनेको दृश कुनै एक कलंक ले सिध्याउछ र बन्दुकको साहारा                            लिन्छ  भने  कसरी शान्तिपुर्ण राजनितीक ले देशको उन्ती प्रगती गर्दछ । यो यर्थाथ लाई किन नबुझ्ने वा बुझेर                                   पनि किन दासी    हुने    बोल्नै पर्छ । अर्को तिर राजनितीक सेवा मुलक भन्दा पनि नाफामुलक हने गरेको छ                                   कतिपयको खास चिन्तन भनेको  राजनिती लाई ब्यपारको धन्दा गर्ने रहेको छ जस्ले उसैलाई नै सिध्याएको छ ।                              तसर्थ सकिन्छ आन्दोलन बिद्रोहका एजेण्डा स्थापित गरौ ,लागू गरौ र स्वभावका साथ राजनितिक गरौ  


 बैज्ञनिक समाजवादबिरोधी हरुको अन्धकारपुर्ण भबिश्य खरानी हुने छ बैज्ञानिक समाजवादीहरुको भबिश्य उज्जवल छ सम्पुर्ण कम्युनिष्ट बामपन्थि देशभक्तहरु यसैमा गोलबन्द हौ जित सत्यकै हुनेछ । बैज्ञानिक समाजवाद – जिन्दावाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित